
अलिपुरद्वार, 28 जुलाई (हि.स.)। जिल्लाको फालाकाटामा मङ्गलवार फालाकाटा दुई नम्बर ग्राम पञ्चायत कार्यालयमा गङ्गाजल छिड़काउ तथा कीर्तन आयोजना गरी ‘शुद्धिकरण’ गरियो। यो कार्यक्रम कुनै धार्मिक स्थलमा नभएर पञ्चायत कार्यालयमा आयोजना गरिएको हो जसबाट सम्पूर्ण क्षेत्रमा चर्चा चुलिएको छ।
प्राप्त जानकारी अनुसार हालैमा तृणमूल कङ्ग्रेसका प्रधान र उपप्रधानले राजीनामा दिएपछि यस पञ्चायतमा भारतीय जनता पार्टी (भाजपा)-ले कब्जा गरेको छ। नयाँ प्रधान र उपप्रधानले पदभार ग्रहण गरेपछि भाजपा कार्यकर्ताहरूले मङ्गलवार यस ‘शुद्धिकरण’ कार्यक्रमको आयोजन गरे।
नवनियुक्त प्रधान हेमन्त उराँंव औ उपप्रधान अनिमा सरकारले बताए, पछिल्लो 15 वर्षदेखिको तृणमूल कङ्ग्रेसको शासनकालमा पञ्चायत कार्यालय ‘अपवित्र’ भएको थियो। त्यसैले गङ्गाजल र कीर्तनको माध्यमबाट यसको शुद्धिकरण गरिएको हो। उनीहरूले यो पनि भरोसा दिलाए, अब पञ्चायतमा पारदर्शी औ भ्रष्टाचार मुक्त सेवा प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा