सड़क दुर्घटनामा घाइते युवकको मृत्यु
सड़क दुर्घटनामा घाइते युवकको मृत्यु


जलपाईगुड़ी, 28 जुलाई (हि.स.)। फूलबाड़ी-गाजलडोबा टिस्टा क्यानल रोडमा भएको एक पीड़ादायी सड़क दुर्घटनामा गम्भीर रूपमा घाइते भएका युवकको अन्ततः मृत्यु भयो। मृतकको पहिचान सौमदीप मण्डल (25)- को रूपमा भएको छ जो फूलबाड़ीको पश्चिम धनतला क्षेत्रका निवासी थिए।

परिवार अनुसार अन्य दिन सरह गए सोमवार पनि सौमदीप फूलबाड़ी बजारस्थित एक मोटर पार्स्टको पसलमा काम गर्नका लागि गएका थिए। पसल मालिकले तिनलाई पुटीमारी क्षेत्रको एउटा शो-रूममा केही सामानहरू ल्याउनका लागि पठाएको थियो। मालिकको स्कुटी लिएर सौमदीप त्यहाँबाट प्रस्थान भए, तर टिस्टा क्यानल रोडको पुटीमारी क्षेत्रमा पुगेपछि एउटा मालवाहक ट्रकले उसको स्कुटीलाई ठक्कर दियो।

यस दुर्घटनामा गम्भीर रूपमा घाइते सौमदीपलाई तत्कालै अस्पतालमा लगियो जहाँ उपचारको क्रममा तिनको गए राती मृत्यु भयो। यस घटनाको कारणले परिवार चकनाचुर भएको छ। एकमात्र छोरा गुमाएको शोकमा आमा-बुवाको रोएर बेहाल भएको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि तिनको शवलाई घरमा लगिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande