एनडीएको बैठकपूर्व एनसीपीआईका सांसद सुदीप बन्द्योपाध्यायले मुख्यमन्त्रीसित गरे भेट, अड़कलहरू तीव्र
एनडीएको बैठकपूर्व एनसीपीआईका सांसद सुदीप बन्द्योपाध्यायले मुख्यमन्त्रीसित गरे भेट, अड़कलहरू तीव्र


कोलकाता, 28 जुलाई (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा नयाँ राजनीतिक समीकरणलाई लिएर अड़कलहरू तीव्र भएका छन्। लोकसभा सांसद सुदीप बन्द्योपाध्यायले गए सोमवार राती राज्य सचिवालय नवान्नमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित बन्द कोठामा भेट गरे। यो बैठक यस्तो समयमा भएको छ जतिबेला नेशनलिस्ट सिटिजन्स पार्टी अफ इण्डिया (एनसीपीआई)- का सांसद मङ्गलवार नयाँ दिल्लीमा भइरहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)- को बैठकमा सामेल हुने भएका छन्।

सूत्र अनुसार लगभग एक घण्टासम्म चलेको सो बैठकलाई राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदैछ। तथापि बैठकमा कुन-कुन मुद्दाहरूमा चर्चा भयो, यस सन्दर्भमा मुख्यमन्त्री कार्यालय वा सुदीप बन्द्योपाध्यायको पक्षबाट कुनै आधिकारिक जानकारी दिइएको छैन।

भनिन्छ, मुख्यमन्त्री शुभेन्दु अधिकारीको पहिला नयाँ दिल्लीमा पुगेर एनसीपीआईका सांसदहरूसित भेट गर्ने योजना थियो, तर उनले अन्तिम घड़ीमा आफ्नो यात्रलाई रद्द गरिदिए। त्यसपछि उनले केही वरिष्ठ एनसीपीआईका सांसदहरूसित फोनमा बातचित गरी दिल्ली नआउने जानकारी दिए।

एनसीपीआईका एकजना वरिष्ठ सांसदले बताए, मुख्यमन्त्री र पार्टी सांसदहरूबीच प्रस्तावित बैठक हाल स्थगित भएको छ। तथापि पार्टीका सबै सांसदहरूले तय कार्यक्रम अनुरूप मङ्गलवार एनडीएको बैठकमा भाग लिनेछन्।

भर्खरै तृणमूल कङ्ग्रेसबाट छुट्टिएर 20 जना सांसदहरू एनसीपीआईमा सामेल भएपछि यस नयाँ पार्टीको राजनीतिक सक्रियता बढ़्दो छ। यी सांसदहरूले लोकसभा अध्यक्ष ओम बिरलासित भेट गरी भिन्नै संसदीय दलको रूपमा मान्यता दिने अनुरोध गरेका थिए। साथै लोकसभामा एनडीएका सहयोगी दलहरूसित बस्ने माग पनि गरेका थिए जसबाट भाजपा नेतृत्वाधिन गठबन्धनसित उनीहरूको निकटतालाई लिएर व्यापक चर्चा भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande