कछारमा 8,000 याबा ट्याबलेट र संदिग्ध हेरोइन सहित तीन पक्राउ
कछारमा 8,000 याबा ट्याबलेट र संदिग्ध हेरोइन सहित तीन पक्राउ


सिलचर (असम), 28 जुलाई (हि.स.)। असमको कछार जिल्लामा पुलिसले मादक पदार्थहरूको तस्करीविरूद्ध व्यापक कारबाही गर्दै 8,000 याबा ट्याबलेट र संदिग्ध हेरोइन जफत गरेको छ भने यस मामिलामा तीन जना आरोपीहरूलाई पक्राउ गरिएको छ।

कछार पुलिस अधीक्षकद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार पुलिसलाई मादक पदार्थहरूको अवैध तस्करी भइरहेको गुप्त सूचना प्राप्त भएपछि एनएच-37 मा बाँसकाँडी पुलिस चौकी अन्तर्गत उजान तारापुरमा नाका लगाइयो। बाँसकाँडीदेखि प्यालापुल तर्फ गइरहेको एउटा अल्टो के-10 कार (पञ्जीकरण सङ्ख्या एएस-11एम-6105)-लाई रोकेर स्वतन्त्र साक्षीको उपस्थितिमा भिडियोग्राफी सहित जाँच गरियो।

जाँचमा पुलिसले 850 ग्राम वजन भएको 8,000 याबा ट्याबलेट, 93.3 ग्राम वजन भएको संदिग्ध हेरोइनका चार वटा प्याकेट, तीन वटा मोबाइल फोन तथा तस्करीमा प्रयुक्त कार जडफत गऱ्यो।

ड्रग डिटेक्शन किटबाट जाँच गर्दा जफत गरिएको सामग्री याबा र हेरोइन रहेको साबित भयो। वाहन सवार तीनै आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ भने मादक पदार्थहरूको श्रोत एवं गन्तव्य बारे पत्तो लगाउने प्रयास गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande