प्रधानमन्त्रीको ‘अशोभनीय’ तस्वीर देखाएको आरोप, अभिनेत्री श्रीलेखा मित्राविरूद्ध थानामा सिकायत दर्ता
प्रधानमन्त्रीको ‘अशोभनीय’ तस्वीर देखाएको आरोप, अभिनेत्री श्रीलेखा मित्राविरूद्ध थानामा सिकायत दर्ता


मालदा, 29 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरलाई अशोभनीय औ अपमानजनक ढङ्गमा प्रदर्शन गरेको आरोप उठेको छ। यस मामिलामा अभिनेत्री श्रीलेखा मित्राविरूद्ध मालदाको चाँचल थानामा भारतीय जनता पार्टी (भाजपा)-को पक्षबाट बुधवार लिखित सिकायत दर्ता गरिएको छ।

घटनाको कड़ा निन्दा गर्दै मण्डल अध्यक्ष मृगाङ्क दासले भने, देशका प्रधानमन्त्रीको यसरी अपमान गर्नु अत्यन्त निन्दनीय छ। हामी अभिनेत्रीलाई तत्काल पक्राउ गर्ने माग गर्दछौं। यदि पुलिस प्रशासनले चाँड़ै कानूनी कारबाही गरेन भने हामी व्यापक स्तरमा आन्दोलन गर्नेछौं।

भाजपाको आरोप छ, हालैमा कोलकाताको धर्मतलामा नीट प्रश्नपत्र लीकको विरोधमा आयोजित एक प्रदर्शनमा अभिनेत्रीले भाग लिएकी थिइन्। आरोप अनुसार यस प्रदर्शनमा उनी प्रधानमन्त्रीको तस्वीर भएको एक विवादित पोस्टर अगाड़ि उभिएकी थिइन् जसमा मोदीको छविलाई आपत्तिजनक ढङ्गमा देखाइएको थियो। पछि यो तस्वीर सोशल मीडियामा भाइरल भयो।

बुधवार चाँचल थानामा सिकायत दर्ता गराउँदा भाजपा, मण्डल चार नम्बरका महासचिव मनोज सरकार, मण्डल अध्यक्ष मृगाङ्क दास तथा भाजपा नेता अयन सहित केही कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande