
गुवाहाटी, 29 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार विधानसभामा घोषणा गरे, राज्यका सत्र (मठ)- हरूको पाँच किलोमीटरको घेराभित्र मात्र हिन्दू होस् वा मुस्लिम कुनै पनि व्यक्तिले भूमि खरिद गर्न सक्नेछ।
मुख्यमन्त्रीले भने, यस क्षेत्रमा भूमि किनबेच ती स्थानीय मानिसहरूमाझ मात्र हुनेछ जो न्यूनतम पनि तीन पिँढ़ीदेखिको यहाँ बस्दै आइरहेका छन्।
उनले स्पष्ट पारे, पहिलाबाटै वैध भूमि अधिकार वा मियादी पट्टा भएका हिन्दू वा मुस्लिम परिवारहरू जो लामो समयदेखिकै यहाँ बस्दै आइरहेका छन्, हरूलाई मात्र यहाँ बस्ने अनुमति रहनेछ। उनीहरूको अधिकारमाथि यस नयाँ व्यवस्थाले कुनै प्रभाव पार्नेछैन।
मुख्यमन्त्रीले यो पनि घोषणा विधानसभामा सत्रहरूको भूमि संरक्षण तथा त्यसको किनबेच सम्बन्धी नीतिमाथि चर्चा हुँदा गरेका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा