भारतीय किसान सङ्घले बाढ़ी प्रभावित किसानहरूको लागि शुरू गऱ्यो राहत एवं पुनर्वास अभियान
भारतीय किसान सङ्घले बाढ़ी प्रभावित किसानहरूको लागि शुरू गऱ्यो राहत एवं पुनर्वास अभियान


गुवाहाटी, 29 जुलाई (हि.स.)। भारतीय किसान सङ्घ, जोरहाट जिल्लाको तत्वावधानमा शिवसागर जिल्लाका बाढ़ी प्रभावित क्षेत्रहरूमा किसानहरूलाई धानको बिरूवा (प्याडी स्यापलिङ्ग) वितरण गरियो।

भारतीय किसान सङ्घले किसानहरूको खेतीको लागि मात्र सहयोग नगरेर शिवसागर जिल्लाका लगभग 5 हजार किसान परिवारहरू तथा 5 हजा विद्यालयका विद्यार्थीहरूका लागि वस्त्र वितरण, स्वास्थ्य शिविर तथा अन्य आवश्यक राहत एवं पुनर्वासको व्यापक योजना समेत बनाइरहेको छ।

यस वर्ष असमका 25 वटा जिल्लाहरू भीषण बाढ़ीबाट प्रभावित भएका छन् जसमा शिवसागर एवं चराइदेव, जोरहाट जिल्ला सबैभन्दा अधिक प्रभावित भएको छ। बाढ़ीले व्यापक रूपमा फसललाई पनि नष्ट पाारिदिएको छ। यस अतिरिक्त ठूलो सङ्ख्यामा घर पालुवा पशुहरूको मृत्यु भएको छ।

अहिलेसम्ममा बाढ़ीको कारणले 75 जना मानिसहरूको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ भने धेरै वटा गाउँका मानिसहरू अहिले पनि बेपत्ता छन्। सम्पूर्ण असमका 77 वटा राजस्व सर्कल बाढ़ीको कारणले गम्भीर रूपमा प्रभावित भएको छ।

यस कठिन समयमा भारतीय किसान सङ्घ किसान बाढ़ी पीड़ित परिवारहरूको साथमा छ भने राहत, पुनर्वास औ आजीविका बहाली गर्नको लागि निरन्तर कार्य गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande