बाढ़ी पीड़ितहरूको लागि भाजपाको 16 करोड़को राहत, मुख्यमन्त्रीले राहत सामग्री वाहनलाई देखाए हरियो झण्डा
बाढ़ी पीड़ितहरूको लागि भाजपाको 16 करोड़को राहत, मुख्यमन्त्रीले राहत सामग्री वाहनलाई देखाए हरियो झण्डा


गुवाहाटी, 29 जुलाई (हि.स.)। असममा बाढ़ी प्रभावित मानिसहरूका लागि भारतीय जनता पार्टी (भाजपा)-ले 16 करोड़ रुपियाँको राहत सामग्री उपलब्ध गराएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार राहत सामग्री लिएर गइरहेका वाहनहरूलाई प्रदेश भाजपा मुख्यालयबाट हरियो झण्डा देखाएर प्रस्थान गराए।

राहत सामग्रीहरूमा 1.80 लाख मेखला-चादर (महिलाहरूको वस्त्र), 1.80 लाख टी-शर्ट तथा 1.50 लाख कम्बल सामेल छन्। यी सामग्रीहरू मुख्य रूपमा शिवसागर र चराइदेव जिल्लाका बाढ़ी प्रभावितहरूको लागि पठाइएको हो।

मुख्यमन्त्रीले बताए, राहत सामग्रीको एक भाग गोलाघाट र जोरहाटका बाढ़ी प्रभावितहरूलाई पनि वितरण गरिनेछ। मुख्यमन्त्रीले घोषणा गरे, बाढ़ी प्रभावित जिल्लाहरूका मानिसहरूलाई ईएमआईभुक्तानमाराहत दिने सम्भावनामाथि विचार गर्नको लागि राज्य सरकारले बुधवार ब्याङ्कहरूसित बैठक गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande