बीरभूममा ढुङ्गा व्यापारीको आफन्तको घरमा छापा, करोड़ौं रुपियाँ नगद र केही किलो सुन जफत
बीरभूममा ढुङ्गा व्यापारीको आफन्तको घरमा छापा, करोड़ौं रुपियाँ नगद र केही किलो सुन जफत


कोलकाता, 29 जुलाई (हि.स.)। पश्चिम बङ्गालको बीरभूम जिल्लामा गए मङ्गलवार अबेर राती पुलिसले ढुङ्गा व्यापारी टुलु मण्डलको आफन्तको घरमा छापामारी गरे प्रचुर मात्रामा नगद र सुन जफत गरेको घटनापछि क्षेत्रमा खैलाबैला मचियो।

जानकारी अनुसार पुलिसले गए मङ्गलवार अबेर राती टुलु मण्डलका आफन्त मिनार मण्डलको घरलाई चारैतिरबाट घेरेर खोजी अभियान शुरू गऱ्यो। बुधवार बिहानसम्म खोजी जारी रह्यो। सूत्रानुसार घरमा प्रचुर मात्रामा नोटहरूको बण्डल भेटियो जसलाई गन्ती गर्नका लागि पाँच वटा नोट गन्ती गर्ने मशीन मगाइयो। यी नगदहरूलाई लैजानको लागि दुई बटा ट्रङ्कलाई पनि घटनास्थलमा ल्याइयो।

सूत्रले दाब गरेको छ, खानतलासीमा लगभग 30-32 करोड़ रुपियाँ नगद र 8-10 किलोग्राम सुन भेटिएको छ। यद्यपि पुलिसले यो आँकड़ाको आधिकारिक पुष्टि गरेको छैन न त यस सम्बन्धमा कुनै औपचारिक बयान नै जारी गरेको छ।

स्थानीय मानिसहरू अनुसार पेशाले सरकारी बस चालक मिनार मण्डल ढुङ्गाको व्यापारमा पनि सामेल रहेका छन् भने टुलु मण्डलका केही ढुङ्गा खदानहरूको सञ्चालनमा उनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। यति धेरै पैसा र सुन कहाँबाट आयो र यसको श्रोत के हो, जाँच गरिँदैछ।

टुलु मण्डल बीरभूममा ढुङ्गा व्यापारसित जोड़िएको एउटा चर्चित नाम हो।एक समयमा तिनलाई तृणमूल कङ्ग्रेसका नेता अनुव्रत मण्डलको निकटवर्ती मानिन्थ्यो। तिनीमाथि अवैध ढुङ्गा खनन गरेको आरोप लागिसकेको छ भने वर्ष 2022- मा पशु तस्करी मामिलाको जाँच गर्ने क्रममा प्रवर्तन निदेशालय (ईडी)-ले उनको घर अनि कार्यालयमा छापामारी गरेको थियो।

यस बीच भारतीय जनता पार्टीले सम्पूर्ण मामिलाको निष्पक्ष अनि व्यापक जाँच गर्ने माग गरेको छ। सैंथियाबाट भाजपा विधायक कृष्णकान्त साहाले भने, यदि यो धन भ्रष्टाचारसित जोड़िएको छ भने यसको पूर्ण जाँच हुनुपर्छ अनि दोषीहरूमाथि कड़ा कारबाही गरिनुपर्छ। उनले भने, जफत गरिएको धनलाई जनताको हितमा उपयोग गरिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande