पोस्ट अफिस जालझेल मामिलामा सीबीआईको छापामारी
पोस्ट अफिस जालझेल मामिलामा सीबीआईको छापामारी


सिलगढ़ी, 29 जुलाई (हि. स.)। नक्सलबाड़ी पोस्ट अफिसमा व्यापक रूपमा भएको वित्तीय धाँधली तथा जालझेल मामिलामा भइरहेको अनुसन्धान अन्तर्गत बुधवार केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले नक्सलबाड़ीको जबरा मोड़ क्षेत्रमा छापामारी गऱ्यो। पाँच सदस्यीय सीबीआईको टीम अचानक एउटा घरमा आयो, तर आरोपी महिला घरमा अनुपस्थित भएको कारणले घरलाईसील गरिदियो।

पुलिस सूत्र मुताविक यो छापामारी पोस्ट अफिस धोकाधड़ी मामिलाको जाँच अन्तर्गत गरिएको हो। जबरा मोड निवासी मीनाक्षी प्रधानको घरमा सीबीआई अधिकारीहरूले जाँच गरे। तथापि छापामारी अवधि मीनाक्षी प्रधान घरमा थिइनन्।

जाँच एजेन्सीहरूको मान्यता छ, यस घरमा जालझेलसित सम्बन्धित महत्वपूर्ण दस्तावेज र वित्तीय लेनदेनको प्रमाण लुकेको हुसक्छ।त्यसैले आरोपीको अनुपस्थितिमा घरलाई सील गरिएको हो। कानून व्यवस्थालाई कायम राख्न अनि सुरक्षालाई मध्यनजर गर्दै नक्सलबाड़ी थानाको पुलिसलाई घर बाहिर तैनाथ गरिएको थियो।

भनिन्छ, मीनाक्षी प्रधान आगामी दुई दिनभित्रमा नक्सलबाड़ी फर्किने सम्भावना छ। त्यसपछि उनको उपस्थितिमा पुनः खानतलासी शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande