कुल्टीमा गाई-गोरूले भरिएको ट्रक जफत, चालक र खलासी पक्राउ
कुल्टीमा गाई-गोरूले भरिएको ट्रक जफत, चालक र खलासी पक्राउ


पश्चिम बर्दवान, 29 जुलाई (हि. स.)। कुल्टी थाना अन्तर्गत चौरङ्गी चौकीको पुलिसले एक अभियान अन्तर्गत डुबरडीही चेकपोस्टमा एउटा 6 चक्के ट्रकलाई रोकेर जाँच गऱ्यो। जाँचमा ट्रकबाट 15 वटा गाई-गोरूहरू जफत गरियो। चालकले यी पशुहरूको परिवहनको सम्बन्धमा कुनै वैध दस्तावेज प्रस्तुत गर्न नसकेपछि पुलिसले ट्रक सहित गाई-गोरूहरूलाई जफत गऱ्यो भने चालक र खलासीलाई पनि पक्राउ गऱ्यो।

पुलिस अनुसार पक्रा पर्ने आरोपीको पहिचान धर्मेन्द्र कुमार र हरेकृष्ण सिंहको रूपमा भएको छ। दुवैलाई बुधवार आसनसोल अदालतमा पेश गरियो। पुलिसले बतायो, मामिलाको विस्तृत जाँच गर्नको लागि आरोपीहरूको पुलिस हिरासतको माग गरिनेछ।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार यी गाई-गोरीहरूलाई बिहारदेखि कोलकाता ल्याइँदैथ्यो। पलिस यो पत्तो लगाउन जुटेको छ कि यी पशुहरूलाई कुन स्थानबाट कुन उद्देश्यले ल्याइँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande