छोराले आमाको हत्या गरी भाइबहिनीलाई घाइते बनायो
मृतका का फाइल फोटो


फर्रुखाबाद, 29 जुलाई (हि.स.)। उत्तर प्रदेशमा बुधवार फर्रुखाबाद जिल्लाको शमशाबाद पुलिस थाना क्षेत्रमा एक छोराले आफ्नी आमालाई ढुङ्गाले कुल्चेर हत्या गरेको छ। भाइलाई चोट पुऱ्यायो भने बहिनीले कोठामा लुकेर आफ्नो ज्यान बचाइन्। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो, अभियुक्तलाई हिरासतमा लिएर घटनाको अनुसन्धान शुरु गऱ्यो।

थाना क्षेत्रस्थित खुडना बैद्य गाउँका बासिन्दा नन्ही (52) लाई उनका छोरा पङ्कजले ढुङ्गाले कुल्चेर हत्या गरेको छ। उसले आफ्नी बहिनी सुषमालाई पनि आक्रमण गऱ्यो, जो उनलाई बचाउन आएकी थिइन्, तर उनले आफूलाई कोठामा बन्द गरेर आफ्नो ज्यान बचाइन्। उसले आफ्नो कान्छो भाइ शिवमलाई पनि ढुङ्गा हानेर घाइते बनायो। परिवार अनुसार, पङ्कज पानीपतमा काम गर्थ्यो। विगत दुई वर्षदेखि उ मानसिक रूपमा अस्वस्थ थियो। बुधवार उसले आफ्नी आमालाई ढुङ्गाले कुल्चेर हत्या गऱ्यो। जब गाउँलेहरू उसलाई समात्न पुगे तब उसले उनीहरूमाथि पनि हमला गऱ्यो। धेरै प्रयासपछि उसलाई समातेर डोरीले बाँधेर पुलिसलाई सूचित गरियो।

घटनाको जानकारी पाएपछि पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। पुलिसले आक्रमणकारीलाई पक्राउ गरेको छ। घाइते भाइ र बहिनीलाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको छ। अतिरिक्त पुलिस अधीक्षक गिरीश कुमारले हत्यारालाई पक्राउ गरिएको बताए। पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएको छ र घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande