लौरो ट्याक्स असुली मामिलामा एकजना पक्राउ
लौरो ट्याक्स असुली मामिलामा एकजना पक्राउ


पश्चिम बर्दवान, 29 जुलाई (हि.स.)। आसनसोल आरटीओ अन्तर्गत रामपुर चेकपोस्टमा लौरो ट्याक्स असुली मामिलामा कुल्टी थाना पुलिसले कारबाही गर्दै एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान अभिजीत घोष उपनाम 'मामा'- को रूपमा भएको छ।

पुलिस सूत्र अनुसार आरोपीको डुबरडीही चेकपोस्टको छेउमा एउटा होटल छ। आरोप छ, उसले रामपुर चेकपोस्टमा कथित रूपमा ट्रक चालकहरूबाट लौरो ट्याक्स -को नाममा अवैध असुली गर्दै आएको थियो जसको सट्टामा उसले वाहनहरूलाई चेकपोस्टबाट पार गराउनमा सहयोग गर्थ्यो।

बुधवार आरोपीलाई आसनसोल अदालतमा पेश गरियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

उल्लेखनीय छ, यसै मामिलामा यसअघि रामपुर चेकपोस्टमा तैनाथ दुई जना मोटर व्हीकल इन्स्पेक्टरहरूलाई पक्राउ गरिसकिएको छ। उनीहरूमाथि आरोप छ, ट्रकहरूबाट कथित अवैध असुलीको यस नेटवर्कमा उनीहरूको भूमिका थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande