
श्रीनगर, 29 जुलाई (हि.स.)। नेशनल कन्फ्रेन्स (एनसी)- का अध्यक्ष डा. फारूक अब्दुल्लाले बुधवार केन्द्र सरकारसित पाकिस्तानको कब्जामा रहेको जम्मू-कश्मीर (पीओजेके)-का मानिसहरूसित सम्बन्धित मुद्दाहरूलाई उठाउने आग्रह गरे। उनले भने, यदि नयाँ दिल्लीले यस क्षेत्रलाई भारतको अभिन्न अङ्ग मान्छ भने उसले यहाँ भइरहेका घटनाहरूलाई लिएर आवाज उठाउनुपर्छ।
श्रीनगरमा आयोजित एक कार्यक्रम अवधि पत्रकारहरूसित बातचित गर्दै डा. फारूकले भने, उनले प्रधानमन्त्री र विदेश मन्त्रीलाई यस मामिलालाई उठाउने आग्रह गरेका छन्। यदि पीओजेके भारतको अभिन्न अङ्ग हो भने सरकारले यहां भइरहेका घटनाहरूको बारेमा बल्नुपर्छ। उनले भने, मैले यस मुद्दामा सरकारले आवाज उठाएको सुनेको छुइनँ। संयुक्त राष्ट्र मानवाधिकार आयोगले पनि त्यहाँ भइरहेका घटनाहरूमाथि ध्यान दिनुपर्छ। जबसम्म पीओजेकोमा बस्ने मानिसहरूको चिन्ताको समाधान हुँदैन तबसम्म मजबुत हस्तक्षेप गर्न आवश्यक छ।
जम्मू-कश्मीरमा 5,000 भन्दा अधिक अवैध होटलहरू बनाइएको सन्दर्भमा उपराज्यपाल मनोज सिन्हाले गरेका टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्दै डा.फारूकले निजी आवासहरू ब ढ़ेकोमा समर्थन गरे। भनले भने, यसले पर्यटकहरूको बढ़्दो सङ्ख्यालाई हेरेर मानिसहरूको आजीविका कमाउने प्रयासलाई दर्शाउँछ।
दिल्लीमा विद्यार्थीहरूमाथि भएको कथित कारबाहीको बारेमा सोधिएको अर्को प्रश्नमा उनले जवाफ दिँदै भने, भिन्न-भिन्न मामिलाहरूमा फसाएर मानिसहरूको परिवारलाई सताइँदैछ। उनले यसलाई एउटा गम्भीर मुद्दा बताए जसमाथि तत्काल ध्यान दिन आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा