मेदिनीपुरको हेस्टिङ्ग हाउसको नाम शहीद खुदीराम बोस बनाउने माग
मेदिनीपुरको हेस्टिङ्ग हाउसको नाम शहीद खुदीराम बोस बनाउने माग


पश्चिम मेदिनीपुर, 29 जुलाई (हि. स.)। स्वतन्त्रता पाएको आज लगभग आठ दशकपछि पनि पश्चिम मेदिनीपुरका जिल्लाधिकारीको सरकारी बङ्गलोलाई ब्रिटिश कालीन नाम हेस्टिङ्ग हाउस-ले चिनिन्छ। अब यस भवनको नाम बदलेर अमर क्रान्तिकारी शहीद खुदीराम बोसको नाममा शहीद खुदीराम बोस भवन राख्ने माग उठेको छ।

मेदिनीपुर विधानसभा क्षेत्रका विधायक डा. शङ्कर कुमार गुच्छाइतले गए मङ्गलवार साँझ यस सम्बन्धमा जिल्लाधिकारीलाई लिखित आवेदन सुम्पिएर भवनको नाम शहीद खुदीराम बोस भवन बनाउने प्रस्ताव दिएका छन्।

विधायकले आफ्नो आवेदनमा भनेका छन्, स्वतन्त्र भारतको एक महत्वपूर्ण प्रशासनिक भवनमा आज पनि ब्रिटिश शासनकालको नाम कायम रहनु देशको इतिहास अनि राष्ट्रिय चेतना अनुरूप छैन। उनको भनाइ छ, भारतका महान स्वतन्त्रता सेनानी शहीद खुदीराम बोसको नाममा यस भवनको नामाकरण गरिनाले स्वतन्त्रता सङ्ग्रामका वीरहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ।

डा. गुच्छाइतले भने, शहीद खुदीराम बोस मेदिनीपुर मात्र नभई सारा देशका गौरव तथा स्वतन्त्रता आन्दोलनका अमर प्रतीक हुन्। उनको नाममा सरकारी भवनको नामकरण इतिहास, राष्ट्रिय भावना औ स्वतन्त्रताको चेतनाको अधिक अनुरूप हुनेछ।

यस प्रस्तावलाई लिएर सामाजिक माध्यमहरूमा व्यापक चर्चा शुरू भएको छ। अधिकांश मानिसहरूले यस पहलललाई स्वागत गर्दै स्वतन्त्रता सेनानीहरूको सम्मानमा यसलाई उचित कदम बताएका छन् भने कतिपयले यस विषयमा भिन्नै मत व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande