दाइजो प्रताड़ना, बलजफ्ती गर्भपात तथा यौन उत्पीड़न गरेको आरोपमा पति सहित पाँच जनामाथि मुद्दा दर्ता
दाइजो प्रताड़ना, बलजफ्ती गर्भपात तथा यौन उत्पीड़न गरेको आरोपमा पति सहित पाँच जनामाथि मुद्दा दर्ता


पूर्वी सिंहभूम, 29 जुलाई (हि.स.)। बागबेड़ा थानामा एकजना विवाहिताको सिकायतमा उसका पति सहित ससुराली पक्षका पाँच जना मानिसहरूविरूद्ध दाइजो प्रताड़ना, घरेलू हिंसा, बलजफ्ती गर्भपात, यौन उत्पीड़न, अश्लील भिडियो बनाएको तथा गर-गहना हड़पेको सहित केही गम्भीर आरोपहरूमा बुधवार प्राथमिकी दर्ता गरिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

बागबेड़ा निवासी स्नेहा सिंहले पुलिसलाई चढ़ाएको आवोदनमा आरोप लगाएकी छन्, वर्ष 2016- मा आरा (बिहार) निवासी राकेश कुमार गौरवसित विवाह भएपछि केही महिनासम्म सबै सामान्य रह्यो, तर पछि पति, सासु, जेठाज्यु, जेठानी तथा अन्य परिवारजनले अतिरिक्त दश लाख रुपियाँ माग्न शुरू गरे। विरोध गर्दा उसलाई मानसिक र शारीरिक रूपमा प्रताड़ना गरियो। महिलाको आरोप छ, छोरा जन्मिएपछि प्रताड़ना अझ बढ़्न थाल्यो। नोकरी गर्दा पतिले बलजफ्ती उसको वेतन आफ्नो खातामा ट्रान्सफर गराउँथ्यो।

प्राथमिकीमा महिलाले पतिमाथि मातेर अप्राकृतिक यौनाचार गर्ने, अश्लील भिडियो बनाएर भाइरल गर्ने धम्की दिएको, वर्ष 2023- मा बलजफ्ती गर्भपात गराएको तता कैयौं पटक औषधि खुवाएर गर्भपात गराएको आरोप समेत लगाएकी छन्। सिकायत अनुसार विरोध गर्दा उमाथि कुटपिट गरी घरबाट निकालिदिएको र गहनाहरू सहित अन्य सामानहरू राखेको आरोप छ। पुलिसले पति राकेश कुमार गौरव, शान्ति देवी, कौशल कुमार सिंह, प्रीति सिंह औ दिव्या सिंहविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande