असममा बाढ़ीको गम्भीर स्थितिमाथि केजरीवालद्वारा चिन्ता व्यक्त, केन्द्रसित गरे स्थायी समाधानको माग
असममा बाढ़ीको गम्भीर स्थितिमाथि केजरीवालद्वारा चिन्ता व्यक्त, केन्द्रसित गरे स्थायी समाधानको माग


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले असममा आएको बाढ़ीको गम्भीर स्थितिमाथि चिन्ता व्यक्त गरे। उनले भने, यस कठिन घड़ीमा सारा देश असमका मानिसहरूको साथमा सशक्त ढङ्गमा उभिनुपर्छ।

अरविन्द केजरीवालले बुधवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी भने, असममा बाढ़ीगो गम्भीर स्थिति अत्यन्त चिन्ताजनक छ। यस सङ्कटको घड़ीमा हामी असमका मानिसहरूको साथमा उभिनुपर्छ।

पूर्व मुख्यमन्त्रीले केन्द्र सरकारसित अपील गरे, असममा प्रत्येक वर्ष आउने बाढ़ीको समस्याको स्थायी समाधान गरियोस् ताकि मानिसहरूलाई बारम्बार यस्तो भयानक आपदाको सामना गर्न नपरोस्।

अरविन्द केजरीवालले आम आदमी पार्टीका कार्यकर्ता अनि देशवासीहरूसित असमका बाढ़ी प्रभावित मानिसहरूलाई हरसम्भव मद्दत गर्ने अनि राहत कार्यमा सहयोग गर्ने अपील गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande