व्यापार, निवेश, सेवाहरूलाई सहज बनाउने अनि आनावश्यक नियमहरूलाई हटाउने निर्देश
व्यापार, निवेश, सेवाहरूलाई सहज बनाउने अनि आनावश्यक नियमहरूलाई हटाउने निर्देश


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले व्यापार, निवेश औ नागरिक-अनुकूल सेवाहरूलाई सहज बनाउनका लागि सबै विभागहरूलाई द्रूत गतिमा काम गर्ने निर्देश दिएका छन्।

उनले बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीको 'ईज अफ डूइङ्ग बिजनेस' औ 'ईज अफ लिभिङ्ग' भिजन अनुरूप दिल्लीमा डीरेगुलेशन (विनियमनमा लचक) औ कम्प्लायन्स (अनुपालन)-लाई घटाउने दिशामा भएको प्रगतिको समीक्षा बैठकको अध्यक्षता गरे। यस बैठकमा मुख्यमन्त्री रेखा गुप्ता र मन्त्रीआशिष सूद एवं मनजिन्दर सिंह सिरसा पनि उपस्थित थिए।

उपराज्यपालले सबै सम्बन्धित विभाग एवं एजेन्सीहरूलाई निर्देश दिए, उनीहरूले अनावश्यक नियमहरूलाई हटाउन् तथा अनुपालन प्रक्रियालाईसरल बनाउन द्रूत गतिमा काम गरून्। साथै यस्ता सुधारहरूलाई अगाड़ि बढ़ाओस् जसले उद्यमितालाई प्रोत्साहित गर्छ, रोजगार उत्पन्न गर्छ तथा दिल्लीलाई सबैको लागि बस्ने हिसाबले सर्वोत्कृष्ट शहर बनाउँछ।

मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी भनिन्, आज दिल्लीमा अनावश्यक नियमहरूलाई कम गर्न अनि शासन-व्यवस्थालाई सरल बनाउनका लागि सुधारहरूको प्रगतिको जायजा लिनका लागि उपराज्यपालको अध्यक्षतामा आयोजित समीक्षा बैठकमा भाग लिएँ।

मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नेरन्द्र मोदी 'ईज अफ डूइङ्ग बिजनेस' (व्यापारमा सहज) औ 'ईज अफ लिभिङ्ग' (जीवन-यापनमा सहज)- को भिजन अनुरूप सबै विभागहरूलाई ती सुधारहरूमा तीव्रता ल्याउने निर्देश दिइएको छ जसमा प्रक्रियाहरू सरल होस्, निवेशले प्रेरणा पाओस्, रोजगारको अवसर उत्पन्न होस् तथा श्रेष्ठ तीव्र अनि नागरिक अनुकूल सेवाहरू उपलब्ध गराउन सकियोस्। उनले भनिन्, दिल्ली सरकार पारदर्शी, कुशल औ जन-केन्द्रित शासन-व्यवस्थाको माध्यमबाट 'विकसित दिल्ली' निर्माणार्थ प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande