सांसद कमलजीत सहरावत र बाँसुरी स्वराजले दिल्ली लक्ष्मी योजना-को लागि मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे
सांसद कमलजीत सहरावत र बाँसुरी स्वराजले दिल्ली लक्ष्मी योजना-को लागि मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। दिल्ली सरकारद्वारा महिलाहरूलाई प्रतिमहिना 2500 रुपियाँ दिने दिल्ली लक्ष्मी योजना-लाई स्वीकृति दिएकोमा भारतीय जनता पार्टी (भाजपा)-का लोकसभा सांसदद्वय बाँसुरी स्वराज र कमलजीत सहरावतले मुख्यमन्त्री रेखा गुप्ताप्रति आभार व्यक्त गरे।

समाजका महिलाद्वय सन्तोष देवी एवं सोनियासित दिल्लीका दुई महिला लोकसभा सांसदहरूले बुुधवार प्रदेश कार्यालयमा पत्रकार वार्तालाई सम्बोधन गर्दै दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताद्वारा दिल्ली लक्ष्मी योजना लागू गरिएकोमा उनीप्रति आभार प्रकट गरे।

सन्तोष देवीले लाजपत नगरमा खानाको ठेला राख्छन् भने सोनिया घरेलु कार्य सहायकको रूपमा कार्यरत छन्।

कमलजीत सहरावतले वार्तामा भनिन्, दिल्लीको दुर्भाग्य रहेको छ कि वर्ष 2014-2025 सम्म एउटा यस्तो सरकार यहाँ थियो जसले आफ्नो राजनीतिक स्वार्थलाई सर्वोपरी राख्यो चाहे त्यसको लागि दिल्लीका जनता केन्द्र सरकारका योजनाहरूदेखि अछुतो नै किन नहरून्।

बाँसुरी स्वराजले भनिन्, मुख्यमन्त्री रेखा गुप्ताले प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनलाई ग्राउण्डमा चरितार्थ गर्ने काम गरेकी छन्। उनले भनिन्, “वुमेन लेड डेभलपमेन्ट” भाजपाको नारा मात्र नभई बितेको 12 वर्षमा प्रधानमन्त्री मोदीले यसलाई चरितार्थ गर्ने काम गरेको छ। चाहे बेटी बचाओ बेटी पढ़ाओ होस् वा जन धन योजना होस्। 50 प्रतिशतभन्दा अधिक ब्याङ्क एकाउन्ट महिलाहरूकै खोलिएको छ।

उनले भनिन्, प्रधानमन्त्रीले मुद्रा योजना अन्तर्गत महिलाहरूलाई आर्थिक रूपमा मजबुत बनाएका छन् भने उज्जवला योजना अन्तर्गत उनीहरूलाई सामाजिक न्याय दिएका छन्।

पत्रकार वार्तामा दिल्ली भाजपाकी महामन्त्री योगिता सिंह, उपाध्यक्ष सोना कुमारी एवं महिला मोर्चा अध्यक्ष अर्चना गुप्ता उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande