
कोलकाता, 29 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसका ‘विद्रोही’ विधायक औ कमारहाटीबाट विधायक मदन मित्रा बुधवार साल्टलेकको सीजीओ कम्प्लेक्सस्थित प्रवर्तन निदेशालयको कार्यालयमा पुगे। नगरपालिका भर्ती मामिलाको जाँचको सिलसिलामा ईडीले उनकी पत्नी र दुई छोराहरूसित गत साता भिन्न-भिन्नै रूपमा जाँचबुझ गरेको थियो। अब विधायकसित पनि केन्द्रिय जाँच एजेन्सीले जाँचबुझ गरिरहेको छ।
बुधवार दोपहर लगभग 12 बजे ईडी कार्यालयमा पुगेका मदन मित्राले स्पष्ट पारे, उनको कुनै पनि प्रकारको भ्रष्टाचारसित कुनै सम्बन्ध छैन। उनले भने, म कुनै भ्रष्टाचारमा सामेल छुइनँ। ईडीले बोलाएको छ, ईडीका सबै प्रश्नहरूको जवाफ दिनेछु।
ईडी कार्यालयमा प्रवेश गर्दै-गर्दा पत्रकारहरूले उनलाई उनको राजनीतिक नीतिमा आएको परिवर्तनलाई लिएर पनि प्रश्न गरे। तथापि मित्राले यसमाथि कुनै टिप्पणी गरेनन्। स्मरण गराइन्छ, एक समयमा मुख्यमन्त्री ममता ब्यानर्जीको निकटवर्ती मानिने मदन मित्राले हालैमा तृणमूलको ऋतब्रत खेमामा सामेल भएर कालीघाट तृणमूलका सबै पदहरूबाट राजीनामा दिएका थिए।
बुधवार ईडी कार्यालय बाहिर पत्रकारहरूको भीड़लाई देखेर मदन मित्राले हल्का शैलीमा भने, “यदि तपाईहरूले यस किसिमको प्रश्न गरेर मलाई घाइते बनाउनु भयो भने म कुनै पनि प्रश्नको जवाफ दिनसक्ने छुइनँ।” उनकी पत्नी र छोराहरूलाई ईडीले पठाएको समन अनि ब्याङ्क दस्तावेजहरूसित सम्बन्धित प्रश्नहरूमा उनले टिप्पणी गर्नदेखि अश्वीकार गरे।
ईडी अनुसार टिटागढ़ नगरपालिकामा न्यूनतम पनि 125 जना मानिसहरूलाई कथित रूपमा नगद र सुनको सट्टा नोकरी दिलाइएको थियो।यसै सिलसिलामा जाँच गर्ने क्रममा मदन मित्राको नाम पनि आयो। त्यसैले गत 13 जूनको दिन ईडीले मित्रासित सम्बन्धित ठोगानाहरूमा खानतलासी गरेको थियो। साथै उनीसित जाँचबुझ पनि गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा