
कोलकाता, 29 जुलाई (हि.स.)। महानगरको न्यूटाउनस्थित राम मन्दिर क्षेत्रमा बुधवार बिहान एउटा पराठा पसलबाट एक जना अज्ञात व्यक्तिको शव भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचायो। सूचना पाएर इको पार्क थाना पुलिस घटनास्थलमा पुग्यो। शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न पठाएपछि पुलिस मृतकको पहिचान तथा मृत्युको कारण पत्तो लगाउन जुटेको छ।
जानकारी अनुसार राम मन्दिरको नजिकै अवस्थित एउटा पुरानो पराठा पसलका मालिकले सदा जस्तै बुधवार बिहान पनि आफ्नो पसल खोले।यस अवधि उनले एक जना व्यक्तिलाई भूइँमा लड़िरहेको देखे। पहिला उनले उसलाई बोलाए, तर कुनै प्रतिक्रिया नआएपछि उनले वरिपरीका अन्य पसलेहरूलाई पनि बोलाए। सबैले मिलेर जाँच गर्दा थाहा भयो कि उक्त व्यक्तिको मृत्यु भइसकेको छ।
पुलिसले बताए अनुसार व्यक्तिको मृत्यु कुन परिस्थितिमा भएको हो, पत्तो लाग्न सककेको छैन। मृतकको पहिचान पनि अहिलेसम्म हुनसकेको छैन साथै उ उक्त पसलसम्म कसरी पुग्यो, त्यो पनि थाहा लागेको छैन।
स्थानीय मानिसहरूले बताए, मृतकको टाउकोमा चोटको निशान थियो। प्रारम्भिक रूपमा लड़ेर चोट लागेको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। पुलिसको भनाइ छ, पोस्टमार्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण पत्तो लाग्नेछ। मृतकको पहिचान खोलाउको लागि अन्य थानाहरूसित सम्पर्क गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा