पारु रुचलले गेजिङ जिल्लाको एसएसपीको रूपमा कार्यभार सम्हालिन्
एसएसपी पारु रुचाल


गेजिङ, 29 जुलाई (हि.स.)। पुलिस अधिकारी पारु रुचलले 25 जुलाई, २०२६ देखि गेजिङ जिल्लाको वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) का रूपमा औपचारिक रूपमा आफ्नो कार्यभार ग्रहण गरेकी छन्। उनको आगमनका अवसरमा सिक्किम पुलिसले जिल्ला प्रशासनिक केन्द्र, गेजिङमा औपचारिक गार्ड अफ अनर प्रदान गरेको थियो।

उक्त समारोहमा गेजिङ जिल्ला पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवनियुक्त वरिष्ठ पुलिस अधीक्षक रुचललाई हार्दिक स्वागत गरे।

हालको नियुक्तिभन्दा अघि एसएसपी रुचल पाकिम जिल्लाको पुलिस अधीक्षक (एसपी) थिइन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande