
कोलकाता, 29 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारले भारतीय जनसङ्घका संस्थापक डा. श्यामा प्रसाद मुखर्जीको हुगली जिल्ला अन्तर्गत बलागढ़स्थित जिराट गाउँमा रहेको पैतृक आवासलाई 01 करोड़ 25 लाख 99 हजार 822 रुपियाँमा खरिद गरेको छ। यस सम्पत्तिको पञ्जीकरण गत 3 जुलाईमा कोलकातास्थित रजिस्ट्रर कार्यालयमा भइसकेको छ भने सोही दिन उत्तराधिकारीहरूको खातामा राशिब्याङ्कको माध्यमबाट हस्तान्तरण गरियो। सम्पूर्ण कानूनी प्रक्रिया पूूरा भएपछि यो निजी सम्पत्ति अब राज्य सरकारको सूचना एवं संस्कृति विभागको स्वामित्वमा आएको छ।
राज्य मन्त्रीमण्डलले यस सम्पत्तिलाई खरिद गर्ने निर्णय पछिल्लो 3 जूनको बैठकमा लिएको थियो। त्यसपछि 29 जूनको दिन हुगलीको विशेष भूमि अधिग्रहण अधिकारीले जिल्ला प्रत्यक्ष भूमि खरिद समितिसित बैठक गऱे। बैठक भएको तीन दिनभित्रमा खरिदको सम्पूर्ण प्रक्रिया पूरा गऱ्यो।
स्थानीय विधायक तथा राज्यका स्वास्थ्य राज्यमन्त्री सुमना सरकारले बिहीवार भने, चुनाउ प्रचार अवधि केन्द्रिय गृहमन्त्री अमित शाहले श्यामा प्रसाद मुखर्जको पैतृक घरलाई संरक्षण गरी त्यहाँ सङ्ग्रहालय तथा पुस्तकालय बनाउने वाचा गरेका थिए। सोही दिशामा अब राज्य सरकारले कदम बढ़ाएको छ।
राज्य सरकारले यसलाई 6 जुलाईको दिनलाई डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीमा सरकारी कर्मचारीहरूको लागि अवकाशको घोषणा गरेको थियो उने उनको जन्मदिवसलाई विशेष रूपमा मनाइयो। राज्यको बजटमा उनको पैतृक आवासको विकास, 125 फुट अग्लो प्रतिमा, पुरानो भवनको जीर्णोद्धार तथा वरपरका क्षेत्रहरूको सौन्दर्यीकरणको लागि 2 सय करोड़ रुपियाँको प्रावधान पनि राखेको छ।
योजना अनुसार परिसरमा एउटा स्मृति पार्क, पुस्तकालय, सङ्ग्रहालय औ सभागृह विकसित गरिनेछ। साथै डा. श्यामा प्रसाद मुखर्जीको पूर्णाकृति प्रतिमा पनि स्थापित गरिनेछ।
वर्तमानमा यस सम्पत्तिको हेरचाह डा. श्यामा प्रसाद मुखर्जीका भाइ बामा प्रसाद मुखर्जीका छोरा बाणी प्रसाद मुखर्जी र परिवारका अन्य सदस्यहरूले गरिरहेका छन्। जिराटमा 'बङ्गालका बाघ' कहलाइने आशुतोष मुखर्जीको नाममा पहिलाबाटै विद्यालय र पुस्तकालय छन्, तर श्यामा प्रसाद मुखर्जीको नाममा अहिलेसम्म कुनै ठूलो स्मारक थिएन। अब राज्य सरकारको पहलपछि उनको पैतृक घरलाई सङ्ग्राहलयको रूपमा विकसित गर्ने प्रक्रिया शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा