
बाँकुड़ा, 29 जुलाई (हि.स.): विष्णुपुरका तृणमूल कङ्ग्रेस नेता सुब्रत दत्ता उपनाम गोपलाई पुलिसले गए मङ्गलवार राती पत्रासयार रोडबाट पक्राउ गरेको छ। दत्तामाथि एकजना नाबालिकको अप्राकृतिक मृत्युको मामिलामा सिकायत दर्ता गर्नमा बाधा दिएको तथा प्रमाणलाई नष्ट बनाएको आरोप छ। उनलाई बुधवार बिष्णुपुर महकुमा अदालतमा पेश गरिनेछ।
पुलिस सूत्र मुताविक तृणमूल नेता सुब्रत विधानसभा चुनाउमा परास्त भएदेखि नै भागेका थिए। पुलिसले केही दिनअघि उनकी पत्नीलाई पक्राउ गरेको थियो। पत्तीनलाई पक्राउगरेपछि पुलिसले सुब्रतलाई द्रूत गतिमा खोजिरहेको थियो। अन्ततः गए मङ्गलवार राती उनलाई पत्रासयारबाट पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा