कुचबिहारमा एसयूसीआई र फरवर्ड ब्लकका कार्यालयहरूमा तोड़फोड़, महापुरूषहरूका तस्वीरहरू च्यातिएको आरोप
कुचबिहारमा एसयूसीआई र फरवर्ड ब्लकका कार्यालयहरूमा तोड़फोड़, महापुरूषहरूका तस्वीरहरू च्यातिएको आरोप


कोलकाता, 29 जुलाई (हि.स.)। कुचबिहार जिल्लामा गए मङ्गलवार राती-बुधवार बिहानबीच भएको सोशलिस्ट यूनिटी सेन्टर अफ इण्डिया (एसयूसीआई) र फरवर्ड ब्लकका कार्यालयहरूमा तोड़फोड़ भएका घटनाहरूबाट राजनीतिक माहोल गर्मिएको छ। एसयूसीआईले यस घटनाको लागि भाजपा कार्यकर्ताहरूलाई जिम्मेवार ठहराएको छ भने भाजपाले सो आरोपलाई खारेज गर्दै यसलाई षड़यन्त्र बताएको छ।

प्राप्त जानकारी अनुसार बुधवार भोर बिहान कुचबिहार शहरस्थित एसयूसीआईको जिल्ला कार्यालयमा अज्ञात मानिसहरूले तोड़फोड़ गरे। यसै अवधि शहर संलग्न खागड़ाबाड़ी क्षेत्रमा अवस्थित फरवर्ड ब्लकको कार्यालमा पनि तोड़फोड़ गरियो। यसअघि गए मङ्गलवार राती दिनहाटाको गोसानिमारी बजारमा अवस्थित माकपाको पार्टी कार्यालयमा तोड़फोड़ सहित आगो लगाइदिएको घटना भएको थियो। कुचबिहार शहरमा अवस्थित माकपा जिल्ला कार्यालयमा ढुङ्गामुड़ा गरी शिशा फुटाइदिएको आरोप पनि लगाइएको छ।

एसयूसीआईका कुचबिहार जिल्ला नेता नेपाल मित्रले आरोप लगाए, आक्रमणकारीहरूले कार्यालयको ढोका भत्काएर भित्र पसी नेताजी सुभाषचन्द्र बोस, रवीन्द्रनाथ ठाकुर तथा शरतचन्द्र च्याटर्जीका तस्वीरहरू च्यातेर भुइँमा भालिदिए। कार्यालयको पङ्खा, लाइट, टेबल-कुर्सी एवं अन्य सामानहरू पनि क्षतिग्रस्त भएका छन्। आलमारीमा राखिएका किताब एवं दस्तावेजहरूलाई नष्ट गर्नका साथै त्यहाँ राखिएको नगद राशिलाई पनि लिएर गएको आरोप छ। उनको दाबी छ, हमलाकारीहरू 'जय श्रीराम'- को नारा लगाउँदै आएका थिए। यो घटनालाई भाजपा समर्थकहरूले परिणाम दिएका हुन्।

अर्कोतिर भाजपाका कुचबिहार जिल्ला उपाध्यक्ष विराज बोसले उपरोक्त आरोपहरूलाई निराधार बताए। उनले भने, केही तृणमूल कङ्ग्रेस र वामपन्थी कार्यकर्ताहरूले भगवा पट्टी र तिलक लगाएर यस किसिमका घटनाहरूलाई परिणाम दिरहेका छन् ताकि भाजपालाई बद्नाम गर्न सकोस्। उनले दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरे।

हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande