
पश्चिम मेदिनीपुर, 29 जुलाई (हि. स.)। नारायणगढ़ विधानसभा क्षेत्रको बेलदा 8/2 अन्तर्गत देउली मध्यपाड़ाका जलमग्न भएका स्थानहरूको बुधवार बिहान भारतीय जनता पार्टी (भाजपा)-विधायक रमाप्रसाद गिरीले निरीक्षण गरे। आफ्नो टीमको साथमा घटनास्थलमा पुगेका गिरीले स्थितिको जायजा लिए। उनले प्रभावित मानिसहरूसित बातचित गर्दै जल निकासी व्यवस्थाको वर्तमान स्थितिको विस्तृत जानकारी लिए।
उल्लेखनीय छ, अविरल वर्षाका कारण पश्चिम मेदिनीपुर जिल्लाका नारायणगढ़, केशियाड़ी औ बेलदा क्षेत्रमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। केही तल्लो क्षेत्रहरू पानीमा डुबेका छन् जसबाट जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। सड़कहरूमा पानी बगिरहेकोले आवागमन बाधित भएको छ भने खेत अनि घरहरूममा पानी पसेर स्थानीय मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।
निरीक्षणको क्रममा विधायक गिरीले देखे, लामो समयदेखिको जल निकासी व्यवस्था सुचारू नभएको कारणले क्षेत्रका मानिसहरूलाई कठिनाईको सामना गर्न परिरहेको छ। उनले स्थानीय मानिसहरूलाई आश्वस्त पार्दै भने, यस समस्याको स्थायी समाधान गर्नको लागि यथाशीह्र आवश्यक कदम उठाइनेछ।
विधायकले भने, जनसमस्याहरूको समाधान गर्नु उनको सङ्कल्प हो। उनले दोहोऱ्याए, जनताको दुःख-सुखमा उनी सदैव साथमा रहेका छन् भने आगामी दिनमा पनि उनीहरूको साथमा रहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा