आकाशवाणी खरसाङमा बिदाई समारोह सम्पन्न, तीनजना कर्मचारीहरुलाई सम्मानसहित बिदाई
आकाशवाणी खरसाङमा बिदाई समारोह सम्पन्न


खरसाङ, 29 जुलाई (हि.स.)। आकाशवाणी खरसाङका तीनजना अवकाशप्राप्त कर्मचारीहरुलाई लिएर बिदाई समारोह सम्पन्न गरिएको छ। आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाई समारोहमा आकाशवाणी खरसाङका तीनजना कर्मचारीहरु क्रमैले वरिष्ठ प्राविधिक विनोदकुमार रसाइली, बडी आमा (युडीसी) मिङमा डुक्पा शेर्पा र बडा बाऊ (युडीसी) गोपाल छेत्रीलाई सम्मानसहित बिदाई दिइएको छ।

आकाशवाणी खरसाङका वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेको कार्यक्रममा सेवानिवृत्त कर्मचारीहरूलाई खदार्पणसहित फूल गुच्छा, शल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र लगायत उपहार प्रदान गरिको थियो। यस अवसरमा आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा गीत र नृत्य प्रस्तुतिका साथै कविता वाचन पनि सम्पन्न गरियो।

कार्यक्रममा क्लस्टर हेड जितेनकुमार रोय, आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजीव सुब्बा, समाचार एकांशबाट सम्पादक बिराज नारायाण रोय लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरु बिनोद कुमार रसाइली, मिङमा डुक्पा शेर्पा र गोपाल छेत्रीले वक्तव्य राखे। उनीहरूले आफ्नो सम्बोधनमा लामो समयसम्म आकाशवाणी खरसाङमा बिताएका समयका अनुभवहरु साझा गरेका थिए।

कार्यक्रमलाई क्लस्टर हेड जितेनकुमार रोयले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको सचिव पवन डुक्पाले राखेका थिए।

उल्लेखनीय छ, वरिष्ठ प्राविधिक विनोदकुमार रसाइली 17 अगस्त, 1990 सालदेखि आकाशवाणी खरसाङमा कार्यरत् थिए। उनी 31 जुलाई, 2026 मा अवकाशप्राप्त गरिरहेका छन्। त्यसरी नै बडीआमा (युडीसी) मिङमा डुक्पा शेर्पा 10 मार्च, 1993 सालदेखि आकाशवाणी खरसाङमा कार्यरत् छन भने 31 जुलाई, 2026 मा सेवानिवृत्त भइरहेका छन्। यसरी नै बडा बाऊ (युडीसी) गोपाल छेत्री 29 जुलाई, 1992 सालदेखि आकाशवाणी खरसाङमा कार्यरत् रहेर 31 जुलाई, 2026 मा अवकाशप्राप्त गरिरहेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande