किराँत खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाको अर्धवार्षिक सभा तथा सम्मान कार्यक्रम सम्पन्न
किराँत खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाको अर्धवार्षिक सभा तथा सम्मान कार्यक्रम सम्पन्न


सोनादा, 29 जुलाई (हि.स.)। किराँत खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाको आयोजनामा सोनादामा संस्थाको अर्धवार्षिक सभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका महासचिव अजय राईले जाति, भाषा, संस्कृतिको संरक्षण तथा संस्थाप्रति प्रत्येक सदस्यको जिम्मेवारी र लगाव आवश्यक रहेको बताए। कार्यक्रममा संस्थामा आबद्ध भएका नयाँ सदस्यहरूलाई व्यक्ति बुङ लगाई औपचारिक रूपमा स्वागत गरिएको थियो।

कार्यक्रमको महत्वपूर्ण आकर्षणका रूपमा केन्द्रिय समितिद्वारा सन् 2024 र 2026 मा आयोजित उभौली साकेला उत्सवमा संस्थाको तर्फबाट दार्जिलिङ चौरस्तामा शिल्ली प्रस्तुत गरी संस्थाको प्रतिनिधित्व गर्ने कलाकार तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।

सभामा संस्थाकी कोषाध्यक्ष बोना राईले संस्थाको आय–व्यय तथा सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गरिन्। त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार बीबी राईले संस्थाको भावी योजना, एकता तथा सांस्कृतिक संरक्षणका विषयमा आफ्ना महत्वपूर्ण विचार व्यक्त गरे। कार्यक्रमको अन्त्यमा संस्थाका सभापति सुरेन कुमार राईले सबैप्रति आभार व्यक्त गर्दै संस्थाको प्रगति र सांस्कृतिक संरक्षणमा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande