मुख्यमन्त्री शुभेन्दु अधिकारीसित बिमल र रोशनको भेट, पहाडको विकासबारे छलफल
मुख्यमन्त्री शुभेन्दु अधिकारीसित बिमल र रोशनको भेट


दार्जिलिङ, 29 जुलाई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीले बुधबार पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीसँग कोलकातामा भेट गरेका छन्। भेटका क्रममा दार्जिलिङ पहाडको समग्र विकास, जन सरोकारका विषय तथा विकाससम्बन्धी विभिन्न मुद्दामाथि सकारात्मक छलफल भएको बताइएको छ।

मोर्चा नेतृत्वले पहाडका जनताको हितसँग सम्बन्धित विषयहरू मुख्यमन्त्रीसमक्ष राखेको जनाइएको छ। यस भेटलाई पहाडको विकास र जनहितका विषयमा राज्य सरकारसँग समन्वय तथा संवादलाई थप मजबुत बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande