सियालदह स्टेशनमा शुरू भयो 'सेन्ट्रल गेट', मेल-एक्सप्रेस यात्रीहरूले पाउनेछन् राहत
सियालदह स्टेशनमा शुरू भयो 'सेन्ट्रल गेट', मेल-एक्सप्रेस यात्रीहरूले पाउनेछन् राहत


कोलकाता, 30 जुलाई (हि.स.)। यात्रीहरूको सुविधालाई बढ़ाउन अनि स्टेशन परिसरमा भीड़लाई कम गर्ने उद्देश्यले सियालदह मण्डलले सियालदह रेलवे स्टेशनमा नयाँ 'सेन्ट्रल गेट' शुरू गरेको छ। रेलवेको भनाइ छ, मेल र एक्सप्रेस ट्रेनहरूका यात्रीहरूको लागि भिन्नै प्रवेश अनि निकास व्यवस्था भयो भने स्टेशनमा आवागमन सहज हुनेछ सातै भीड़ अनि जामको समस्या कम हुनेछ।

सियालदहका डीआरएम राजीव सक्सेनाले बिहीवार सांंझ प्रेस कन्फ्रेन्स गरी बताए, अब नयाँ सेन्ट्रल गेटबाट यात्रीहरू सोझै प्लेटफर्म नम्बर 11देखि 14सम्म पुग्न सक्नेछन्। यसबाट लामो दूरीका ट्रेनमा यात्रा गर्ने यात्रीहरूलाई प्रीपेड ट्याक्सी स्ट्याण्डसम्म पुग्नमा सहज हुनेछ।

रेलवे अनुसार यो व्यवस्था विशेष गरी वरिष्ठ नागरिकहरू, महिलाहरू, बाल-बालिका तथा अधिक सामान लिएर यात्रा गर्ने यात्रीहरूको लागि अधिक सुरक्षित र सुविधाजनक साबित हुनेछ।

रेल प्रशासनले प्लेटफर्म अनुसार प्रवेश द्वारहरू पनि निर्धारण गरेको छ जसान्तर्गत प्लेटफर्म एकदेखि पाँचसम्मको लागि प्रफुल्ल द्वार वा उत्तर गेट, प्लेटफर्म 6 देखि 10 सम्मको लागि मुख्य प्रवेश द्वार (मेन गेट) तथा प्लेटफर्म 15 देखि 21 सम्मको लागि दक्षिण गेटलाई उपयोग गर्ने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande