सिग्नलमा खड़ा पिकअप वाहनसित डम्पर ठोक्किएर 24 जना श्रमिकहरू घाइते
सिग्नलमा खड़ा पिकअप वाहनसित डम्पर ठोक्किएर 24 जना श्रमिकहरू घाइते


खड़गपुर, 30 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्ला अधिनस्थ खड़गपुर ग्रामीण थाना क्षेत्रको चौरङ्गीस्थित राष्ट्रिय राजमार्गमा गए बुधवार राती एक भीषण सड़क दुर्घटनामा 24 जना श्रमिकहरू घाइते भए। यीमध्ये दुई जना श्रमिकहरूको अवस्था अतिगम्भीर रहेको छ। सबै घाइतेहरूलाई पुलिसले तत्कालै मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरायो।

दुर्घटना गए बुधवार राती लगभग आठ बजे त्यसबेला भएको थियो जतिबेला श्रमिकहरूले भरिएको एउटा पिकअप भ्यान यातायात सङ्केतमा रातो बत्ती बलेको कारणले रोकिएको थियो। यसै अवधि पछाड़िबाट द्रूत गतिमा आएको एउटा डम्परले पिकअप वाहनमा भयानक ठक्कर दियो। यस ठक्करको कारणले पिकअप वाहन पल्टिएर दुर्घटनाग्रस्त भयो जसमा सवार सबै श्रमिकहरू घाइते भए।

पिकअप भ्यानमा पुरुष एवं महिला सहित 24 जना श्रमिक सवार थिए जो झाड़ग्राम जिल्लाको खालशिउली क्षेत्रबाट काम सिद्ध्याएर घर फर्किरहेका थिए। सबै श्रमिकहरू पिङ्गला थानाको जामना गाउँ निवासी रहेको बताइएको छ।

दुर्घटना भएको सूचना पाउनसाथ खड़गपुर ग्रामीण थाना पुलिस घटनास्थलमा पुग्यो अनि स्थानीय मानिसहरूको सहयोगमा सबै घाइतेहरूलाई बाहिर निकालेर मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पुऱ्यायो। अबेर राती चिकित्सकहरूले दुई जना घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

पुलिसले दुर्घटनाग्रस्त पिकअप वाहन र डम्परलाई जफत गरेको छ। प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, वर्षाले गर्दा चिप्लो सड़कमा डम्पर चालकले आफ्नो नियन्त्रण गुमायो जसले गर्दा यो दुर्घटना भएको हो।

अस्पतालमा उपचाराधिन एकजना घाइते श्रमिकले बताए, उनीहरू कामबाट घर फर्किरहेका थिए। चौरङ्गी चौरस्तामा रातो बत्ती बलेको कारणले उनीहरूको वाहन रोकिएको थियो। यसैबेला पछाड़िबाट द्रूत गतिमा आएको डम्परले उनीहरूको वाहनलाई ठक्कर दियो जसले गर्दा पिकअप पल्टिएर सबै यात्रीहरू घाइते भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande