माटो माफियादेखि हैरान मूर्तिकारहरूलाई विधायक अमित सामन्तले दिए समाधान गर्ने भरोसा
माटो माफियादेखि हैरान मूर्तिकारहरूलाई विधायक अमित सामन्तले दिए समाधान गर्ने भरोसा


कोलकाता, 30 जुलाई (हि.स.)। बङ्गालको संस्कृतिमा बाह्र महिना तेह्र पर्व- को परम्परा रहिआएको छ भने यहाँको पारम्परिक मूर्तिकला केही हदसम्म माटोका प्रतिमाहरू निर्माणमाथि निर्भर छ। तथापि प्लास्टिकको बढ़्दो उपयोगको कारणले कुम्हालेहरूको पारम्परिक काम पहिलाको तुलनामा कम भएको छ। तर माटोका प्रतिमाहरूको माग लगातार बढ़िरहेको छ।

प्रतिमा निर्माण गर्नको लागि विशेष प्रकारको माटोको आवश्यकता पर्छ। विशेष गरी टाँसिने (एन्टेल) औ बालुवा मिश्रित माटोलाई सबैभन्दा अधिक उपयोगी मानिन्छ। तर बितेको लगभग 15 वर्षदेखिको माटोको अवैध बिक्रीको ठूलो नेटवर्क सक्रिय भएको छ। माटो माफियाहरूको बढ़्दो प्रभावले मूर्तिकाहरूलाई उपयुक्त माटो प्राप्त गर्न धेरै गाह्रो पर्छ। हावड़ाको आमता विधानसभा क्षेत्र पनि यसबाट अछुतो छैन।

स्वभावले शान्त र परिश्रमी मूर्तिकारहरू माटो माफियासित भिड़्न चाहँदैनन्। त्यसैले राहत पाउनको लागि आमता विधानसभा क्षेत्रका मूर्तिकारहरूले स्थानीय विधायक अमित सामन्तसित भेट गरी आफ्नो समस्या बताए। मूर्तिकारहरूको समस्या सुनेपछि विधायक अमित सामन्तले समाधान गर्ने आश्वासन दिए। उनले भने, हाल सम्बन्धित थानाहरूसित बातचित गरेर मूर्तिकारहरूको लागि एउटा विशेष कार्ड बनाइनेछ ताकि माटो निकाल्दा उनीहरूलाई पुलिस वा माटो माफियाहरूले नसताओस्।

विधायकको आश्वासन पश्चात आमताका मूर्तिकारहरूमा नयाँ आशा जागेको छ। उनीहरूको मान्यता छ, यदि यो व्यवस्था लागू भए भविष्यमा प्रतिमा निर्माण गर्नको लागि आवश्यक माटो जुटाउनु सहज हुनेछ अनि उनीहरूको परिश्रम अनि समस्या केही कम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande