
गुवाहाटी, 30 जुलाई (हि.स.)। असममा आएको विनाशकारी बाढ़ीको सामना गर्नको लागि एकातिर सरकारले हरसम्भव प्रयास गरिरहेको छ भने अर्कोतिर प्रभावितहरूलाई मद्दत गर्नका लागि देशका भिन्न-भिन्न भागहरूबाट सेलिब्रेटी, कम्पनी, सामाजिक सङ्गठन एवं अन्य सङ्गठनहरूले पनि आ-आफ्नो तर्फबाट सहयोगका हातहरू बढ़ाइरहेका छन्। यसबीच मुख्यमन्त्री राहत कोषमा बाढ़ी पीड़ितहरूलाई सहयोग गर्नका लागि मानिसहरूले लगातार आर्थिक अनुदान दिरहेका छन्। यसै क्रममा जेएसडब्ल्यू स्टीलको पक्षबाट पाँच करोड़ रुपियाँ मुख्यमन्त्री राहत कोषमा जमा गराइएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडिया एक्समा बिहीवार एउटा पोस्ट शेयर गर्दै जेएसडब्ल्यू स्टीलको पक्षबाट आर्थिक अनुदान दिइएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले भने, “आज बिहान जेएसडब्ल्यू स्टीलका सज्जन जिन्दलको सहयोगी हृदयले मेरो मनलाई छोयो। उनले कसैलाई केही नभनी भयानक बाढ़ी प्रभावित मानिसहरूलाई सहयोग गर्नका लागि मुख्यमन्त्री राहत कोष (सीएमआरएफ)- मा 5 करोड़ रुपियाँ ट्रान्सफर गरे।”
उनले भने, हामीलाई यस पुण्यकार्यको बारेमा त्यसबेला थाहा लाग्यो जतिबेला हाम्रो टीम आज फण्ड सम्बन्धी ब्याङ्कको स्टेटमेन्टको समीक्षा गरिरहेको थियो। यसको लागि कुनै घोषणा वा बातचित भएको थिएन। यो करूणाको एउटा शान्त काम थियो।
असमको लागि यो गर्वको कुरा हो कि उनकी सम्मानित माताजी सावित्री जिन्दलजी (जो ओपी जिन्दल ग्रुपकी चेयरपर्सन एमेरिटस हुन्) हाम्रो राज्यकी हुन्। असमका मानिसहरूको पक्षबाट म सज्जनजीको विनम्रता अनि उदारताको लागि हृदयबाटै आभार व्यक्त गर्दछु।
सीएमआरएफमा सङ्ग्रह भएको एक-एक पैसा असमका बाढ़ी प्रभावित मानिसहरूको भलाईको लागि विवेकपूर्ण ढङ्गमा सतर्कता भएर उपयोग गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा