बाढ़ीले क्षतिग्रस्त बाँध अनि कटाउग्रस्त क्षेत्रहरूको युद्धस्तरमा मरम्मत जारी: मुख्यमन्त्री सरमा
बाढ़ीले क्षतिग्रस्त बाँध अनि कटाउग्रस्त क्षेत्रहरूको युद्धस्तरमा मरम्मत जारी: मुख्यमन्त्री सरमा


गुवाहाटी, 30 जुलाई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार भने, बाढ़ीले क्षतिग्रस्त बाँध अनि नदी कटाउ क्षेत्रहरूको मरम्मतको कार्य युद्धस्तरमा भइरहेको छ।

मुख्यमन्त्रीले सोशल मीडियामा जारी एक पोस्टमा बताए, प्रतिकूल परिस्थितिबीच जलस्तर बढ़े पनि विभिन्न स्थानहरूमा जियो ट्यूब, जियो ब्याग, बाँसको प्यालिसेडिङ्ग सहित अन्य तकनिकलाई उपयोग गरी मरम्मत कार्यलाई तीव्रता दिइएको छ।

उनले भने, जोरहाट जिल्ला सहित केही स्थानहरूमा उल्लेखनीय प्रगति भएको छ भने रहल प्रभावित क्षेत्रहरूमा पनि सबै आवश्यक मशिनरी, उपकरण तथा संसाधनहरूलाई तैनाथ गर्ने कार्यलाई राजी राखिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विश्वास व्यक्त गरे, नदीहरूको जलस्तर लगातार घटिरहेकोले अब मरम्मत कार्यलाई अझ द्रूत गतिमा अगाड़ि बढ़ाउन सकिन्छ। सबै प्रभावित स्थानहरूलाई चाँड़ोभन्दा चाँड़ो पुनर्स्थापित गर्ने लक्ष्य सहित सम्बन्धित विभागले पूर्ण निष्ठा अनि निरन्तरताको साथमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande