जीएमसीएचको प्लास्टिक सर्जरी डिपार्टमेन्टमा छतको सिलिङ्ग झरेर चार रोगी घाइते
जीएमसीएचको प्लास्टिक सर्जरी डिपार्टमेन्टमा छतको सिलिङ्ग झरेर चार रोगी घाइते


गुवाहाटी, 30 जुलाई (हि.स.)। गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटल (जीएमसीएच)- को प्लास्टिक सर्जरी डिपार्टमेन्टमा बिहीवार छतको सिलिङ्ग झरेर चार जना रोगीहरू घाइते भए। यस घटनापछि हस्पिटलका रोगीहरू अनि कर्मचारीहरूमाझ कोकोहोलो मचियो।

शुरुआती रिपोर्ट मुताविक छतको सिलिङ्गको एक भाग अचानक भत्किएर वार्डभित्र उपचाराधिन रोगीहरूमाथि झऱ्यो। यस घटनाले विभागमा भाग-दौड़ मच्चायो। कर्मचारीहरू प्रभावित मानिसहरूलाई सहयोग गर्नका लागि दौड़िए। घाइतेहरूलाई हस्पिटल प्रशासनले तत्कालै चिकित्सकीय सहयोग उपलब्ध गरायो। उनीहरूको अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन्।

रिपोर्ट्सबाट थाहा लागेको छ, प्लास्टिक सर्जरी डिपार्टमेन्टको छतको सिलिङ्ग पहिलाबाटै जीर्ण अवस्थमा थियो। यसको सही मरम्मत र स्याहर-सम्भार नभएको कारणले यो दुर्घटना भएको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ।

यस घटनाले असमका प्रमुख सरकारी हेल्थकेयर संस्थानहरूमध्ये एकको पूर्वाधारको रखरखाउलाई लिएर चिन्ता बढ़ेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande