
गुवाहाटी, 30 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार भने, राज्य सरकारले बाढ़ीको जटिल स्थितिमा पनि मानिसहरूको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएर कार्य गरिरहेको छ। साथै असमको पहिचान अनि सुरक्षा रक्षाको निम्ति पनि सरकार पूर्ण प्रतिबद्धताको साथमा प्रयास गरिरहेको छ।
मुख्यमन्त्रीले सोशल मीडियाको एउटा पोस्टमा भने, अनुप्रवेशकारीहरूविरूद्ध सञ्चालित अभियान अन्तर्गत गए बुधवार राती 18 जना अनुप्रवेशकारीहरूलाई फर्काइयो। उनले भने, असमको अस्मिता अनि सुरक्षालाई कुनै पनि खतरादेखि बचाउने उद्देश्यले यो अभियान लगातार जारी रहनेछ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अन्तमा भने, राज्य सरकारको सतर्कतासित कुनै सम्झौता हुनेछैन। अनुप्रवेश विरोधी अभियान 24×7 पूर्ण कड़ाईपूर्वक जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा