असमका 30 वटा चिया बगानहरूमा बाढ़ीको पानी पस्यो, 11 वटा पूर्ण रूपले प्रभावित
असमका 30 वटा चिया बगानहरूमा बाढ़ीको पानी पस्यो, 11 वटा पूर्ण रूपले प्रभावित


गुवाहाटी, 30 जुलाई (हि.स.)। असम सरकारका मन्त्री रामेश्वर तेलीले बिहीवार भने, राज्यमा आएको बाढ़ीले गर्दा 75 जनाभन्दा अधिक मानिसहरूको मृत्यु भइसकेको छ। यो सङ्ख्या बढ़्नसक्छ, किनभने बचाउ दलले ती क्षेत्रहरूमा खोजी अभियान सञ्चालन गरिरहेको छ जहाँ प्रचुर मात्रामा हिलो-लेदो बगेको कारणले प्रभावित भएका छन्। उनले भने, छिमेकी राज्य नागाल्याण्डबाट बगेर आएको हिलो-माटोभित्र अझ मानिसहरू दबिएको हुनसक्छ।

असममा आएको भयानक बाढ़ीको स्थितिलाई लिएर मीडियासित बातचित गर्दै तेलीले भने, राज्यभरि नै न्यूनतम पनि 30 वटा चिया बगानहरूमा बाढ़ीको पानी पसेको छ जसमध्ये 11 वटा चिया बगानहरू पूर्ण रूपले प्रभावित भएका छन्। उनले बताए, यो जानकारी लेबर कमिश्नरबाट प्राप्त भएको हो।

उनले भने, प्रभावित जिल्लाहरूमा राहत अनि बचाउ कार्य भइरहेको छ भने अधिकारीहरूले यो सुनिश्चित गर्नका लागि काम गरिरहेका छन् कि बाढ़ीबाट विस्थापित मानिसहरूको लागि भोजन सहित अनय आवश्यक वस्तुहरूको अभाव नहोस्।

तेलीले भने, बाढ़ी प्रभावित क्षेत्रहरूमा भइरहेका राहत अनि बचाउ कार्यहरूमा सहयोगका लागि भारतीय सेनालाई तैनाथ गरिएको छ भने राज्यका एजेन्सीहरूले मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याउने, राहत सामग्री वितरण गर्ने तथा बहालीका उपायहरूमा तालमेल राखेर काम गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande