
गुवाहाटी, 30 जुलाई (हि.स.)। असम राज्य निर्वाचन आयोग (एएसईसी)-ले यसै वर्ष 2026-मा हुने मिसिङ्ग स्वायत्त परिषद (एमएसी) औ सोनोवाल कछार स्वायत्त परिषद (एसकेएसी) चुनाउको लागि मतदाता सूचीको तयारी तथा प्रकाशनको प्रक्रियालाई अर्को आदेशसम्मको लागि स्थगित गरिदिएको छ।
आयोगले भन्यो, माथिल्लो असमका केही जिल्लाहरूमा आएको भयानक तथा अभूतपूर्व बाढ़ीको कारणले जिल्ला प्रशासन अनि चुनावी मशिनरीको सामान्य कामकाज गम्भीर रूपमा प्रभावित भएको छ। यस्तो स्थितिलाई ध्यानमा राखेर नै यो निर्णय लिइएको हो।
आयोगले बतायो, मतदाता सूचीको तयारी अनि प्रकाशनको संशोधित कार्यक्रम स्थिति सामान्य भएपछि भिन्नै जारी गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा