पर्वतीय मामिला मन्त्री विशाल लामाको मङ्पु भ्रमणमा विकासका विषयमा व्यापक छलफल
Bishal lama mungpoo visit


मङ्पू, 30 जुलाई (हि.स.)। पश्चिम बंगाल सरकारका पर्वतीय मामिला मन्त्री विशाल लामा बिहीबार मङ्पू पुगेर स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न विभागका अधिकारीहरूसँग भेटघाट गरे। भ्रमणका क्रममा उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार तथा जनसरोकारका विविध विषयमा छलफल गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री लामाले मङ्पुस्थित सिन्कोना निर्देशालयमा आयोजित बैठकमा सहभागी भई स्थानीय समस्या तथा विकाससम्बन्धी योजनाबारे विस्तृत जानकारी लिए। उक्त कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, जीटीएका प्रिन्सिपल सचिव, सिन्कोना निर्देशक डा. शामूएल राईलगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागीहरूले मङ्पु तथा वरिपरिका क्षेत्रका विकास, सडक, पूर्वाधार, जनसेवा तथा स्थानीय आवश्यकता सम्बन्धी विभिन्न विषयमा मन्त्रीसमक्ष सुझाव तथा मागहरू राखे। मन्त्री विशाल लामाले सम्बन्धित विषयहरूमा सकारात्मक पहल गर्दै आवश्यक समन्वय गर्ने विश्वास दिलाएका छन्।

युनियन टोलीले सिन्कोना श्रमिकवर्गको विविद समस्यलाई लिएर मन्त्री समक्ष अवगत गराए। यस अवसरमा मन्त्री विशाल लामाले सिन्कोना श्रमिकको समस्या चाडो समाधान गर्ने आश्वासन दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande