महिला सिविक भोलेन्टियरसित कथित दुष्कर्म, सहकर्मी आरोपी पक्राउ
सांकेतिक तस्वीर


उत्तर 24 परगना, 30 जुलाई (हि.स.)। जिल्लाको हाबरा थाना क्षेत्रमा एक महिला सिविक भोलेन्टियरलाई धेरै पटक बलात्कार र ब्ल्याकमेल गरेको आरोपमा पुलिसले पुरुष सहकर्मीलाई पक्राउ गरेको छ। दुवै हाबरा थानामा सिविर भेलेन्टियरको रूपमा कार्यरत थिए।

पुलिस अनुसार, महिलाले उजुरीमा उनको सहकर्मीले युनिफर्म लगाउन लुगा बदँल्दा गोप्य रूपमा उनको फोटो खिचेको आरोप लगाएकी छन्। पछि उही फोटोहरू सार्वजनिक गर्ने धम्की दिएर आरोपीले उनलाई ब्ल्याकमेल गर्न थाल्यो र कथित रूपमा उनलाई धेरै पटक शारीरिक सम्बन्ध राख्न बाध्य बनायो।

उक्त घटना कसैलाई बताएमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की अभियुक्तले दिएको पीड़िताले आरोप लगाएकी छिन। त्यसपछि महिलाले हाबरा पुलिस थानामा लिखित उजुरी दिइन्।

उजुरी प्राप्त गरेपछि पुलिसले प्रारम्भिक अनुसन्धान गरी अभियुक्त सिविक भोलेन्टियरलाई पक्राउ गरेको छ। उ विरुद्ध बलात्कार, धम्की र ब्ल्याकमेल गर्ने लगायतका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उजुरीपछि उसलाई कर्तव्यबाट पनि हटाइयो।

अभियुक्तलाई बुधवार बारासात अदालतमा पेश गरियो, जसले उनलाई पाँच दिनको पुलिस हिरासतमा पठाएको छ।

उजुरी प्राप्त भएपछि उसलाई कर्तव्यबाट हटाइएको छ, बारासात पुलिस जिल्लका पुलिस अधीक्षक जे मर्सीले बिहिवार बताए। मुद्दा दर्ता गरिएको छ।

पुलिस अनुसार, यस विषयमा अनुसन्धान भइरहेको छ र आरोपसँग सम्बन्धित सबै पक्षहरूको अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande