
सिलगढ़ी, 30 जुलाई (हि.स.)। राज्यमा प्रशासनिक फेरबदल एवं असुली-कटमनीविरूद्ध कड़ा सन्देश दिइएको भए पनि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको तस्वीर फेरिएको देखिँदैन। यसपालि अस्पतालको मर्गमा शव राखेकोमा घूस मागेको गम्भीर आरोप लागेको छ।
सड़क दुर्घटनामा मृत एकजना व्यक्तिको परिवारले आरोप लगायो, पोस्टमर्टम गर्नअघि राती शवलाई राख्नको लागि अस्पतालको एकजना कर्मचारीले उनीहरूबाट दुई हजार रुपियाँ माग गऱ्यो। पुलिसमा सिकायत गर्ने चेताउनी दिएपछि कर्मचारी पछि सऱ्यो। यस घटनाबाट अस्पताल परिसरमा बबाल मचियो।आरोपीविरूद्ध विभागीय जाँच शुरू गरिएको छ भने उसलाई बिहीवार जाँचबुझको लागि बोलाइएको छ।
सूत्र अनुसार गत मङ्गलवार जलपाईगुड़ीको काजीपाड़ास्थित तालमाहाट क्षेत्रको धापाचिला गाउँ निवासी वीरेन राय (50) फाटापुकुरमा क्षएको एक पीड़ादायी बाइक दुर्घटनामा घाइते भएका थिए। परिवारले तिनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा ल्याए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। थियो। तर पोस्टमर्टम गर्ने निर्धारित समय बितेको कारणले शवलाई राती मर्गमा राख्ने व्यवस्था गरियो।
आरोप छ, साँझ लगभग 5 बजे शवलाई मर्गमा राख्दै गर्दा त्यहाँको एकजना कर्मचारीले मृतकको परिवारसित दुई हजार रुपियाँ घूसको रूपमा माग्यो। मृतकका छिमेकी फुलेश्वर रायले रोष व्यक्त गर्दै भने, “हामी गरीब मानिसहरू हौं, राजमिस्त्रीको काम गरेर परिवार धान्छौं। सरकारी ठाउँमा अकारण किन पैसा दिनु? हामीले पैसा दिन अस्वीकार गर्दा कर्मचारीले मर्गको ढोका बन्द गरेर त्यहाँबाट गयो। पछि हामी पुलिसकहाँ जान लाग्दा उ फर्केर आयो अनि शवलाई भित्र राखिदियो।
”गए बुधवार बिहान परिवारजन लिखित सिकायत दर्ता गराउन जाँदा आरोपी कर्मचारी त्यहाँ थिएन। पछि कसैले पनि पैसाको माग गरेन। मृतकका छोरा विकास रायले भने, दुःखको घड़ीमा यस किसिमको व्यवहार अत्यन्त पीड़ादायी छ।
यता अस्पतालकी एकजना नर्सिङ्ग स्टाफ (नाम उजागर गर्न चाहँदैनन्)- ले पनि आरोपहरूलाई समर्थन गर्दै भनिन्, “यहाँ शव राख्नुदेखि लिएर पोस्टमर्टम गरेपछि सिलाईको नाममा पनि केही कर्मचारीहरूले पैसा माग्दछन्। परिवारका मानिसहरू मानसिक रूपमा प्रभावित भएका हुन्छन्, त्यसैले उनीहरूले बाध्य भएर पैसा दिन्छन्। यस किसिमको भ्रष्टाचारलाई तुरून्त बन्द गरिनुपर्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा