बङ्गालको खाड़ीमा निम्नदबावले दिघा तटमा हाई अलर्ट, मछुआराहरूको ट्रलरलाई फर्काइयो
बङ्गालको खाड़ीमा निम्नदबावले दिघा तटमा हाई अलर्ट, मछुआराहरूको ट्रलरलाई फर्काइयो


पूर्व मेदिनीपुर, 30 जुलाई (हि.स.)। बङ्गालको खाड़ीमा विकसित गहिरो निम्नचाप क्षेत्रको प्रभावले पूर्व मेदिनीपुर जिल्लाका तटीय क्षेत्रहरूमा अविरल वर्षा तथा समुद्र उग्र भएपछि प्रशासनले दिघा, ताजपुर औ मन्दारमणिमा हाई अलर्ट जारी गरेको छ। बिहीवार बिहानदेखिकै प्रशासनले पर्यटकहरूको सुरक्षालाई मध्यनजर गर्दै समुद्रमा जानदेकि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। साथै गहिरो समुद्रमा माछा मार्न गएका सबै ट्रलरहरूलाई तत्काल तटमा फर्किने निर्देश दिइएको छ।

गए बुधवारदेखि नै समुद्रमा अग्ला-अग्ला छालहरू तथा तीव्र हावा चलिरहेको छ। अग्ला-अग्ला छालहरूको कारणले समुद्र तटको किनारमा निर्मित गार्डवालका केही भागहरूलाई पनि क्षति पुगेको छ। कुनै पनि अप्रिय घटनादेखि बच्नको लागि प्रशासनले समुद्र तटमा रातो डोरीले ब्यारिकेडिङ्ग गरिदिएको छ। पुलिस अनि नुलिया कर्मीहरूले लगातार माइकिङ्ग गरेर पर्यटकहरूसित समुद्रदेखि टाड़ा बस्ने अपील गरिरहेका छन्।

जिल्ला पुलिस अधीक्षक अंशुमान साहाले बताए, समुद्रको वर्तमान स्थितिलाई केन्द्र गर्दै पर्यटकहरूलाई समुद्रमा जानदेखि पूर्ण रूपले रोक लगाइएको छ। साथै गहिरो समुद्रमा रहेका सबै माछा मार्ने ट्रलरहरूलाई शीघ्र तटमा फर्किने निर्देश दिइएको छ। समुद्री मत्स्य बन्दरगाहहरूमा प्रशासन अनि पुलिसले कड़ा निगरानी राखिरहेको छ। लगातार वर्षाको कारणले जिल्लाको तल्लो भागहरूमा जलभराउको स्थिति उत्पन्न हुन थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande