
जलपाईगुड़ी, 30 जुलाई (हि.स.)। पश्चिम बङ्गालको जलपाईगुड़ीमा बिहीवार त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला जिल्ला परिषदकी कर्माध्यक्ष तथा भगौड़ा नेता कृष्ण दासकी छोरी प्रणयिता दास कोतवाली थानामा पुगिन्। तिनी थाना पुग्नसाथ भाजपा महिला कार्यकर्ताहरूले व्यापक विरोध प्रदर्शन गर्न शुरू गरे।
आरोप छ, प्रदर्शनकारी महिलाहरूले प्रणयिता दासको वाहनलाई घेरर त्यसमाथि अण्डा फाले। यसको साथै वाहनलाी रोकेर गगनभेदी नाराबाजी गरे। अचानक भएको यस घटनाले थाना परिसरमा कोकोहोलो मचाउनको साथै तनाउपूर्ण स्थिति उत्पन्न गरायो।
स्थिति बिग्रिएको देखेर पुलिस तत्काल सक्रिय भयो अनि सुरक्षा घेरा बनाएर प्रणयिता दासको वाहनलाई थानाभित्र लग्यो। पुलिसले हस्तक्षेप गरेपछि बिस्तारै स्थिति साम्य भयो।
पुलिस सूत्र अनुसार अदालतको निर्देशमा प्रणयिता दास बिहीवार जलपाईगुड़ी कोतवाली थानामा पेश हुन गएकी थिइन्। उनलाई आज नै जिल्ला अदालतमा पनि पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा