बाढ़ी प्रभावित जिल्लाहरूका लागि निःशुल्क पाठ्यपुस्तकहरू पठाइयो
बाढ़ी प्रभावित जिल्लाहरूका लागि निःशुल्क पाठ्यपुस्तकहरू पठाइयो


गुवाहाटी, 30 जुलाई (हि.स.)। असम सरकारको शिक्षा विभागले बाढ़ी प्रभावित जिल्लाहरूका विद्यार्थीहरूको लागि निःशुल्क पाठ्यपुस्तकहरूको खेपलाई प्रस्थान गराएको छ।

शिक्षामन्त्री रणोज पेगूले बिहीवार पाठ्यपुस्तकहरूले लादिएका वाहनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। पहिलो चरणमा सात वटा ट्रकहरूको माध्यमबाट 1.61 लाख निःशुल्क पाठ्यपुस्तकहरू बाढ़ी प्रभावित जिल्लाहरूमा पठाइयो। यस पहलको उद्देश्य बाढ़ी प्रभावित विद्यार्थीहरूलाई समयमै पाठ्य सामग्री उपलब्ध गराउनका साथै पढ़ाईलाई निर्बाध कायम राख्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande