राज्यपालले याक्ला पासको भ्रमण गरे, भारतीय सेनाका जवानहरूसँग भेट गरे
Governor visited yakla pass


गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज याक्ला पासको भ्रमण गरी भारतीय सेनाका अधिकारी तथा जवानहरूसँग भेटघाट गरे। उक्त जानकारी लोकभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपाल माथुरले आज समुद्री सतहबाट करिब १४,७०० फिट उचाइमा अवस्थित याक्ला पासको भ्रमण गरी भारतीय सेनाका अधिकारी तथा जवानहरूसँग भेटघाट गरे। सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षा बलहरूको मनोबल उच्च राख्ने आफ्नो प्रयासलाई निरन्तरता दिँदै राज्यपालले भारतीय सेनाका जवानहरूसँग अन्तरक्रिया गरे।

यस अवसरमा उनले अत्यन्त चुनौतीपूर्ण तथा उच्च हिमाली क्षेत्रमा राष्ट्रको सुरक्षाका लागि समर्पित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा र समर्पणको उच्च प्रशंसा गरे। भ्रमणका क्रममा राज्यपालले सीमा सडक संगठन तथा भारतीय सेनालाई जिम्मेवारी दिइएका विभिन्न विकास निर्माण कार्य तथा परियोजनाहरूको समेत निरीक्षण गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande