
उत्तर दिनाजपुर, 30 जुलाई (हि.स.)। जिल्लाको इटाहार ब्लकका बीडीओ दिव्येन्दु सरकारमाथि कथित रूपमा सरकारी धन दुरूपयोग तथा अनियमितता गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। भाजपा कार्यकर्ताहरूले यस सम्बन्धमा थानामा लिखित सिकायत गरेर मामिलाको जाँच अनि सम्पूर्ण खर्चको अडिट गर्ने माग गरेका छन्।
भाजपाका आरोपहरू अनुसार बीडीओको आवाससित सम्बन्धित विभिन्न खर्चहरूको बिल कथित रूपमा सरकारी खातामा जमा गरियो। यसमा छतमा झोलुङ्गो बनाउने, ट्रली ब्याग खरिद गर्न, घरेलु सहायिकाको वेतन तथा मासु खरिद गरेकोसित सम्बन्धित बिल सामेल रहेको दाबी गरिएको छ। भाजपा नेताहरूले इटाहारमा पूर्ववर्ती तृणमूल कङ्ग्रेसको शासनकालमा भएका विभिन्न कार्यहरू अनि भुक्तानहरूको पनि जाँच तथा पूर्ण अडिट गर्ने माग गरेका छन्। भाजपाको कार्यकारी समितिका सदस्य निमाई सिंहले आरोप लगाए, बीडीओको निर्देशमा यी सबै कार्य गरिएको हो। उनले दाबी गरे, केही भुक्तानहरूको राशि धेरै अधिक छ।
भाजपा कार्यकर्ताहरूको आरोप छ, सरकारी धनबाट यस किसिमको व्यक्तिगत खर्चहरूको भुक्तान कसरी गर्न सकिन्छ, यसको जाँच हुन आवश्यक छ। मामिलालाई लिएर भाजपका मानिसहरूले सम्बन्धित अधिकारीहरू समक्ष पनि पुगेर जाँच गर्ने माग उठाए।
तथापि सबै आरोपहरूलाई खारेज ग र्दै इटाहारका बीडीओ दिव्येन्दु सरकारले बिहीवार भने, उनलाई थाहा छैन कि भाजपा नेताहरूले यो बिल कहाँबाट प्राप्त गरेका हुन्। उनले स्पष्ट पारे, कुनै पनि बिलको भुक्तान गरिएको छैन। यो बिल जाली हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा