पश्चिम मेदिनीपुरमा अवैध मदिरा विरोधी अभियान तीव्र
पश्चिम मेदिनीपुरमा अवैध मदिरा विरोधी अभियान तीव्र


मेदिनीपुर, 30 जुलाई (हि.स.)।पश्चिम मेदिनीपुर जिल्लामा अवैध मदिरा सहित अन्य मादक पादर्थविरूद्ध प्रशासनको करबाही अनि महिलाहरूको जन आन्दोलन लगातार बढ़्दै गइरहेको छ। एकातिर बेलदाको देउली क्षेत्रमा महिलाहरूले अवैध मदिराको व्यापारविरूद्ध आन्दोलन जारी राखेका छन् भने अर्कोतिर केशायाड़ी थाना क्षेत्रमा आबकारी विभागले विशेष अभियान सञ्चालन गरी 10 लीटर चुले रक्सी जफत गरी एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

बेलदाको देउली क्षेत्रमा क्षेत्रका महिलाहरूले लाम समयदेखिकै अवैध मदिरा र मादक पदार्थविरूद्ध अभियान चलाउँदै आइरहेका छन्। केही दिनअघि बेलदा अस्पतालको छेउमा एकजना व्यक्तिको गरमा राखिएको अवैध मदिरालाई आन्दोलनकारी महिलाहरूले नष्ट गरिदिएका थिए। गए बुधवार अबेर राती यसै घटनालाई लिएर नयाँ विवाद उत्पन्न भयो। आरोप छ, सम्बन्धित परिवारका सदस्यहरूले आन्दोलनकारी महिलाहरूसित दुर्व्यवहार गरे जसपश्चात दुई पक्षबीच भनाबैरी भयो जसले गर्दा स्थिति तनाउपूर्ण भयो।सूचना पाउनसाथ बेलदा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसको हस्तक्षेपपछि वातावरण सामान्य भयो।

आन्दोलनकारी महिलाहरूले प्रशासनसित माग गरे, अवैध मदिरा र मादक पदार्थको व्यापारविरूद्ध अझ अधिक कठोर अभियान सञ्चालन गरी यस धन्दालाई पूर्ण रूपले बन्द गराइयोस्। उनीहरूको भनाइ छ, नशाको प्रवृत्तिले गर्दा धेरै परिवारहरू प्रभावित भइरहेका छन् भने सामाजिक अशान्ति बढ़िरहेको छ।

यता नारायणगढ़ आबकारी सर्किलको टीमले केशियाड़ी थाना अन्तर्गत सान्तड़ापुर, कुलासिनी, कालियान सहित विभिन्न क्षेत्रहरूमा विशेष अभियान सञ्चालन गऱ्यो। अभियान अवधि सान्तड़ापुर क्षेत्रमा मोटरसाइकल मार्फत तस्करी गरिरहेका चुले रक्सी जफत गरियो जसको मात्रा दश लीटर थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande