तेहखण्ड र ओखलामा कम्प्रेस्ड बायो-ग्यास प्लान्ट्स स्थापनाको निम्ति एमओयूमा हस्ताक्षर भयो
तेहखण्ड र ओखलामा कम्प्रेस्ड बायो-ग्यास प्लान्ट्स स्थापनाको निम्ति एमओयूमा हस्ताक्षर भयो


नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको उपस्थितिमा बिहीवार दिल्ली सचिवालयमा दिल्ली नगरनिगम (एमसीडी) र ओयल इण्डिया लिमिटेडबीच तेहखण्ड औ ओखलामा 800 टीपीडी क्षमता भएको कम्प्रेस्ड बायो-ग्यास प्लान्ट्स स्थापना गर्नको लागि एमओयूमा हस्ताक्षर भयो। यस अवसरमा दिल्लीका मेयर प्रवेश वाही सहित सम्बन्धित अधिकारीहरू उपस्थित थिए।

मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी बताइन्, यी प्लान्ट्समा छुट्टाइएका जैविक मैलाबाट बायो ग्यास बनाइनेछ। यसबाट दिल्लीमा रहेको मैला-कुचैलाहरूको पहाड़ घट्नेछ, स्वच्छ ऊर्जाको उत्पादन बढ़्नेछ अनि हाम्रो ‘स्वच्छ दिल्ली’- को सङ्कल्प अझ मजबुत हुनेछ।

महापौर प्रवेश वाहीले भने, यस महत्वाकाङ्क्षी परियोजना अन्तर्गत तेखण्ड र ओखलामा अत्याधुनिक सीबीजी प्लान्ट स्थापना गरिनेछ जहाँ प्रतिदिन लगभग 800 टन गिलो मैलाको वैज्ञानिक प्रसंस्करण गरी स्वच्छ ऊर्जा उत्पादन गरिनेछ। यो पहल ल्याण्डफिलमा निर्भरता कम गर्ने, प्रदूषण घटाउने तथा दिल्लीमा आधुनिक एवं प्रभावकारी ठोस अपशिष्ट प्रबन्धन व्यवस्थालाई अझ सशक्त बनाउने दिशामा एक महत्वपूर्ण कदम हो। उनले भने, यो साझेदारीले स्वच्छ, हरित एवं पर्यावरण-अनुकूल दिल्ली निर्माण गर्ने सङ्कल्पलाई नयाँ गति दिनको साथै भावी पिंढ़ीको लागि एक श्रेष्ठ दिगो भविष्यसुिश्चित गर्नमा महत्वपूर्ण भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande