
कोलकाता, 30 जुलाई (हि. स.)। पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ आयोगसित तृणमूल कङ्ग्रेसको नाम, चुनाउ चिन्ह तथा सङ्गठनात्मक नियन्त्रणलाई लिएर भइरहेको विवादको सुनवाई चाँड़ै पूरा गर्ने माग गरेकी छन्। उनले भनेकी छन्, प्रतिद्वन्द्वी गुटलाई अब थप समय दिइनुहुँदैन, किनभने उसलाई पहिला नै धेरै पटक अवसर दिसकिएको छ।
ममता ब्यानर्जीले बुधवार चुनाउ आयोगका सचिव अश्विनी कुमार मोहललाई पत्र लेखी भनिन्, उनको नेतृत्वमा रहेको गुटले आयोगको निर्देश अनुसार गत 6 जुलाईको तय समय-सीमाभित्र नै आफ्नो विस्तृत जवाफ जमा गराइसकेको छ भने जवाफको प्रति विपक्षका नेता ऋतब्रत ब्यानर्जीलाई ई-मेलर स्पीड पोस्टको माध्यमबाट पठाइसकिएको छ।
उनले बताइन्, आयोगले ऋतब्रत ब्यानर्जीसित पनि 6 जुलाईसम्ममा जवाफ मागेको थियो। पछि 7 जुलाईको दिन समय-सीमालाई बढ़ाएर 10 जुलाईसम्म बनाइयो अनि फेरि ऋतब्रत ब्यानर्जीको अनुरोधमा 25 जुलाईसम्मको अतिरिक्त समय दिइयो। तथापि अहिलेसम्म स्पष्ट हुन सकेको छैन कि उनले कुनै जवाफ दर्ता गराएका छन् कि छैनन्।
ममता ब्यानर्जीले आफ्नो पत्रमा भनिन्, यदि 25 जुलाईसम्म पनि प्रतिद्वन्द्वी गुटले जवाफ दिएन भने यो मानिनुपर्छ कि उनीहरूको 6 जुलाईका सबै तर्क अनि दाबीहरूको कुनै उत्तर उनीहरूसित छैन। उनले भनिन्, अब प्रतिद्वन्द्वी गुटले आफ्नो 22 जूनको मूल आवेदनभन्दा भिन्न कुनै नयाँ मामिला बनाउन सक्दैन।
पूर्व मुख्यमन्त्रीले आरोप लगाइन्, बारम्बार समय बढ़ाउनाले प्रतिद्वन्द्वीलाई आफ्नो पक्षमा नयाँ तथा झुटो प्रमाण तयार गर्ने अवसर प्राप्त हुनसक्छ। उनले भनिन्, आयोगको कारबाही निष्पक्ष अनि समान अवसरको सिद्धान्तमा आधारित हुनुपर्छ तथा कुनै पनि पक्षले अनावश्यक लाभ पाउनु हुँदैन।
ममता ब्यानर्जीले आयोगसित आग्रह गरिन्, पश्चिम बङ्गालको राजनीतिमा यस मामिलाको गहिरो प्रभाव पर्नेवाला छ। त्यसैले थप समय नदिई जाँच अनि सुनवाईलाई चाँड़ै पूरा गरी निर्णय सुनाइयोस्। उनले पत्रमा भनिन्, न्याय व्यवस्थामाथि मानिसहरूको भरोसा कायम रहनुपर्छ। अनावश्यक ढिल्याईले त्यस भरोसालाई कमजोर बनाउँछ।
तृणमूलमा फाँटो आएपछि दुई गुटले चुनाउ आयोग समक्ष पार्टीको नाम, चुनाउ चिन्ह अनि सङ्गछनमाथि आ-आफ्नो दाबी पेश गरेका छन्। अब आयोगको फसेलाले यो तय गर्नेछ कि वास्तविक तृणमूल कङ्ग्रेसको रूपमा कुन गुटले मान्यता पाउनेछ अनि पार्टीको चुनाउ सिन्ह, सङ्गठनात्मक ढाँचा तथा वित्तीय सम्पत्तिमाथि कसको अधिकार हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा