परिवहन मन्त्रीले राजा गार्डनस्थित आरटीओ कार्यालयको गरे निरीक्षण
परिवहन मन्त्रीले राजा गार्डनस्थित आरटीओ कार्यालयको गरे निरीक्षण


नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। दिल्लीका परिवहन मन्त्री डा. पङ्कज कुमार सिंहले भने, बिहीवार राजा गार्डनस्थित क्षेत्रीय परिवहन कार्यालय (आरटीओ)- को छड़के निरीक्षण गरियो। निरीक्षण अवधि त्यहाँको कार्य व्यवस्था र नागरिकहरूलाई उपलब्ध गराइरहेका सुविधाहरूको जायला लिइयो। उनले भने, प्रत्येक नागरिकलाई श्रेष्ठ अनि समयबद्ध सेवाहरू उपलब्ध गराउनु नै सरकारको प्राथमिकता हो।

परिवहन मन्त्रीले अधिकारीहरूलाई सबै थाँतीमा रहेका कार्यहरूलाई निर्धारित समय-सीमाभित्रमा प्राथमिकता दिएर पूरा गर्ने निर्देश दिए।उनले भने, आरटीओ कार्यालयमा आउने प्रत्येक नागरिकको कार्यमा हरसम्भव सहयोग सुनिश्चित गर्न भनिएको छ। साथै सिकायतहरूको तत्लाक समाधान, सेवाहरूमा पारदर्शिता तथा जनहितलाई सर्वोच्च प्राथमिकता दिने निर्देश पनि उनले दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande